Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गोरु काटेको अभियोगमा पक्राउ परेका पाँच जना छुटे

    गोरु काटेको अभियोगमा पक्राउ परेका पाँच जना छुटे


    • मंगलवार, श्रावण ९ २०८०

    • नेपाल वाइड


    गोरु काटेको अभियोगमा पक्राउ परेका पाँच जना छुटे

    खोटाङ, ९ साउन । खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका एक महिला सहित पाँच जना धरौटीमा छुटेका छन् । गोरु काटेर मासुको भाग लगाइरहेको अवस्थामा पक्राउ परेका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका खिमायाँ तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ जुवुका हेमकुमार तामाङ रिहा भएका हुन् ।

    उनीहरु जनही १० हजार धरौटी बुझाएर साउन ८ गते साँझ रिहा भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताए । जलेश्वरीको रमितेमा गोरु काटेर भाग लगाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गत असार ३१ गते पक्राउ गरेको थियो ।

    रिहा भएका पाँच जनालाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले खादा ओढाएर सम्मान गर्दै विदाई गरेका छन् । उनीहरुको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए । धरौटी रकम बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान हुने अवस्था आएपछि अधिवक्ता घिमिरेले नै धरौटी रकम जुटाएर सहयोग गरेका थिए । 

    सम्बन्धित समाचार