Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘दिक्तेलमा अघिल्लो कार्यकालमा भएका भ्रष्टाचारको छानविन हुन सकेन’

    ‘दिक्तेलमा अघिल्लो कार्यकालमा भएका भ्रष्टाचारको छानविन हुन सकेन’


    • मंगलवार, आषाढ ५ २०८०

    • नेपाल वाइड


    ‘दिक्तेलमा अघिल्लो कार्यकालमा भएका भ्रष्टाचारको छानविन हुन सकेन’
    प्रेस युनियनको सातौं जिल्ला अधिबेसन तथा १० औं साधारणसभा उद्घाटनका क्रममा मन्तव्य राख्दै नेता निसान राई । तस्बिर: मनोज आचार्य

    खोटाङ, ५ असार । कांग्रेस नेता निसन राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालमा भएका भ्रष्टाचारको छानविन हुन नसकेको बताएका छन् ।

    नेपाल प्रेस युनियनको सातौं जिल्ला अधिबेसन तथा १० औं साधारणसभा उद्घाटनका क्रममा सोमबार मन्तव्य राख्दै नेता राईले वर्तमान नेतृत्वले नगरपालिकामा अघिल्लो कार्यकालमा भएको भ्रष्टाचार छानविन गर्ने घोषणा गरे पनि छानबिन गर्न नसकेको टिप्पणी गरेका हुन् ।

    वर्तमान मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले निवर्तमान मेयर दिपनारायण रिजाल र निवर्तमान उपमेयर बिणादेबी राईको कार्यकालमा भ्रष्टाचार भएको दावी गर्दै छानविन गर्ने चुनावी एजेण्डा बनाए पनि हालसम्म भ्रष्टाचारको छानबिन गर्न नसकेको औंल्याएका छन् । उनले जिल्लाको अख्तियार प्रमुखका रुपमा सिडियोले पनि भ्रष्टाचारको विषयमा छानविन गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

    सम्बन्धित समाचार