Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाढी पहिरोबाट बच्न पुर्व सतर्कता अपनाउन केपिलासगढीको आग्रह

    बाढी पहिरोबाट बच्न पुर्व सतर्कता अपनाउन केपिलासगढीको आग्रह


    • सोमवार, आषाढ ४ २०८०

    • नेपाल वाइड


    बाढी पहिरोबाट बच्न पुर्व सतर्कता अपनाउन केपिलासगढीको आग्रह
    केपिलासगढी गाउँपालिका ।

    खोटाङ, ४ असार । खोटाङको केपिलासगढी गाउँपालिकाले बाढी पहिरोबाट जोखिमपूर्ण स्थान र खोलानालाको आसपासमा बस्ने नागरिकलाई विशेष सतर्कता अपनाउन सुचित गरेको छ ।

    पुर्वी नेपालमा असार २ गते यता परेको वर्षाका कारण जनधनको क्षती भइरहेको सन्दर्भमा गाउँपालिकाले सुचना जारी गर्दै बाढी पहिरोको जोखिमबाट बच्नका लागि पूर्व सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको हो ।

    गाउँपालिकाले बाढि पहिरोको उच्च जोखिममा रहेको क्षेत्र तथा स्थानीय खोलानालाको आसपासमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन र दैविप्रकोपको घटना सम्बन्धि पूर्वसूचना प्राप्त भए स्थानीय प्रहरी चौकी, सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । मनसुन भित्रिएसँगै केपिलासगढी गाउँपालिका आसपासका रावा खोला र तापखोला आसपासमा पानीको सतह बढ्न थालेको छ ।

    “जलवायु तथा मौसम विज्ञान विभागको सूचना बमोजिम नेपालको विभिन्न भूभागहरुमा विगत बर्षहरुमा झैँ मनसुन भित्रिने क्रम जारि रहेको हुँदा भारि बर्षा भई बाढी पहिरो जाने सम्भावना रहेको छ,” सुचनामा भनिएको छ, “त्यसकारण केपिलासगढी गाउँपालिकाको विभिन्न वडाहरुमा रहनुहुने सम्पूर्ण महानुभावहरुलाई बाढी पहिरोको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन यो सार्वजनिक सूचना प्रकासन गरिएको छ ।”

    bigyapti.jpg

    केपिलासगढी गाउँपालिकाले जारी गरेको सुचना ।

    सम्बन्धित समाचार