Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाम्राङमा साकेला सिली प्रदर्शन

    बाम्राङमा साकेला सिली प्रदर्शन


    • आइतवार, आषाढ ३ २०८०

    • योगिन राई


    बाम्राङमा साकेला सिली प्रदर्शन
    बाम्राङमा प्रदर्सन गरिएको साकेला सिली ।

    खोटाङ, ३ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा साकेला सिली प्रदर्शन गरिएको छ । स्थानीय पदमध्वज राई खेलमैदानमा शनिबार साकेला सिली प्रदर्शन गरिएको हो ।

    चन्दा सहयोग संकलन गरेर जम्मा भएको रकमबाट स्थानीय बाम्राङ युवा क्लवको आयोजनामा साकेला सिली प्रदर्शन गरिएको हो । प्रदर्शनीमा सात समुहले साकेला सिली प्रदर्शन गरेका छन् ।

    साकेला सिली प्रदर्शनीकालागि वडा कार्यालय बाम्राङबाट ५० हजार, बेल्जियममा रहेका पत्रकार केजिन राईबाट ३४ हजार ५५ र २७ जना शुभेच्छुकबाट ३० हजार १० रुपैयाँ सहयोग जुटेको क्लवले जनाएको छ ।

    बाम्राङमा जिल्लामै ढिलोगरी उभौली साकेलाको बिदाई गर्ने प्रचलन रहेको पुर्ववडाध्यक्ष ललितकुमार राईले बताए । साकेला सिली प्रदर्शन गर्ने समुहलाई खाजा खर्च स्वरुप नगद प्रदान गरिएको छ ।

    बाम्राङको साकेला सिली प्रदर्शनी कोभिड–१९ को महामारीका कारण केही वर्ष रोकिएको थियो । आगामी दिनमा बाम्राङमा साकेला सिली प्रदर्शनीका लागि खर्च जुटाउन पदमध्वज राईको परिवारले अक्षयकोष स्थापना गरिदिने आश्वसन दिएको योगीन राईले बताए ।

    सम्बन्धित समाचार