Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलबजारमा दमकल सरह काम गर्ने फायर हाइड्रेन्ट उद्घाटन

    दिक्तेलबजारमा दमकल सरह काम गर्ने फायर हाइड्रेन्ट उद्घाटन


    • बिहिवार, जेठ २५ २०८०

    • नेपाल वाइड


    दिक्तेलबजारमा दमकल सरह काम गर्ने फायर हाइड्रेन्ट उद्घाटन
    दिक्तेलबजारमा उद्धघाटन गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट)

    खोटाङ, २५ जेठ । खोटाङको दिक्तेलबजारमा दमकलको विकल्पमा प्रयोग गर्नेगरी अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट) उद्घाटन गरिएको छ । आगलागीमा समयमा पाईपबाट पानीको फोहोरा फालेर दमकलकै सट्टामा प्रयोग गर्नेगरी दिक्तेलबजारमा फायर हाइड्रेन्ट बनाइएको हो ।

    आगलागीका बेला पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी रम्बाखोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बनाएको फायर हाइड्रेन्ट बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उद्घाटन गरेका छन् ।

    आगलागीको उच्च जोखिममा रहेको दिक्तेलबजारमा दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना सञ्चालनका क्रममा विभिन्न १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ राखिएको छ ।

    raiii.jpg

    दिक्तेलबजारमा बेला–बेला आगलागीका ठूला घट्ना घटिरहेको तथ्यलाई मध्यनजर गर्दै फायर हाइड्रेन्ट बनाइएको रम्बाखोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नवराज जोशीले बताए ।

    आलागीको विपत्तीका बेला प्रयोग गर्नेगरी दिक्तेलबजारको किरातचोक, रत्नपार्क, संगमपार्क, सल्लेरीटोल, त्रिबेणीचोक, बैंकचोक, भानुचोक, हाटडाँडा, अस्पतालचोक र मालपोत कार्यालय नजिक फायर हाइड्रेन्ट गेट भल्भ राखिएको छ ।

    अस्पतालचोक र मालपोत कार्यालय नजिक राखिएका फायर हाइड्रेन्ट गेट भल्भ बाहेक अन्य आठ गेट भल्भमा चौबिसै घण्टा पानी उपलव्ध हुने अध्यक्ष जोशीले बताए । फायर हाइड्रेन्टको उपयोगका लागि पाँच वटा पाईप खरिद गरिएको छ ।

    फायर हाइड्रेन्ट प्रयोग प्रयोग गरेर आगो निभाउनका लागि बजारका स्थानीयलाई प्रशिक्षण दिने तयारी गरिएको अध्यक्ष जोशीले बताए । पुरानो बेस क्याम्पमा पनि फायर हाइड्रेन्ट गेट भल्भ राख्न माग आएको छ ।

    सम्बन्धित समाचार