Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जहाज किन्न लाग्दा पापीहरु सलबलाएः मन्त्री किराती

    जहाज किन्न लाग्दा पापीहरु सलबलाएः मन्त्री किराती


    • बिहिवार, जेठ २५ २०८०

    • नेपाल वाइड


    जहाज किन्न लाग्दा पापीहरु सलबलाएः मन्त्री किराती
    दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा बोल्नुहुदै मन्त्री सुदन किराती ।

    खोटाङ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले जहाज किन्न नदिन आफु विरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् ।

    बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किरातीले तीन वटा सानो जहाज किन्ने प्रकृया थालेपछि ‘पानी मनहरु’ले घेराबन्दी गरिरहेको बताएका हुन् ।

    “हामी तीन वटा जहाज किन्ने प्रकृयामा छौँ । तर हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरुले घेराबन्दी गरिरहेका छन्,” मन्त्री किरातीले भने, “तपाईहरुको साथ पाएँ भने प्रकृया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिनेगरी जहाज ल्याउँछौँ ।”

    किरातीले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एक वटा पुर्वी नेपालको बिराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने जानकारी दिए ।

    जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा बिमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने मन्त्री किरातीले बताए । मन्त्री किरातीले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्व ऋण घटाइएको चर्चा गरे ।

    “मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टीलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ,” उनले भने, “२२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलठूलो भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने पिउने रमाउने ठाउँ भए ।”

    सम्बन्धित समाचार