Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ आउदै गरेको गाडी दुर्घटना हुँदा तीन बेपत्ता

    खोटाङ आउदै गरेको गाडी दुर्घटना हुँदा तीन बेपत्ता


    • शुक्रवार, जेठ १९ २०८०

    • नेपाल वाइड


    खोटाङ आउदै गरेको गाडी दुर्घटना हुँदा तीन बेपत्ता
    प्रतिकात्मक तस्बिर
    खोटाङ, १९ जेठ । काठ्माडौंबाट खोटाङ आउँदै गरेको सिटिइभिटीको गाडी दुर्घटना हुँदा तीन बेपत्ता भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी प्राविधिक शिक्षालय आउँदै गरेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट लौकुनमा पल्टिएर सुनकोसीमा खस्दा सिटिइभिटीका प्रशासन निर्देशक कृष्ण केसी, योजना निती तथा तर्जुमा निर्देशक एम भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल वेपत्ता बनेका हुन् । बेपत्ता पौडेल यस अघि महुरेगढी प्राविधिक शिक्षालयको प्राचार्यका रुपमा काम गरेर सरुवा भएका थिए ।
     
    चालक भने नदीबाट निस्केर ज्यान बचाउन सफल भएका छन् । उनीहरु शैक्षिक गतिविधि बारे अन्तरक्रीयाका लागि खोटाङ आउने क्रममा दुर्घटनामा परेका हुन् । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
     
    गाडीसँगै बेपत्ता भएका कर्मचारीको खोजी भइरहेको छ । बेपत्ता संख्या र गाडी नम्बरको आधारमा सिटिइभिटीको गाडी दुर्घटना भएको यकिन भएको महुरेगढी प्राविधिक शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताए ।
     
    प्याकुरेलका अनुसार सिटिइभिटीबाट चालक सहित चार जना आउने र दिउँसो तीन बजे प्राविधिक शिक्षालयमा अन्तरक्रीया कार्यक्रमको तयारी गरिएको थियो । पुर्वशिक्षामन्त्री गिरीराजमणि पोखरेल पनि सो अन्तरक्रीया कार्यक्रमका लागि दिक्तेल आइसकेका छन् ।

    सम्बन्धित समाचार