Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा नबिल बैंकको २३४ औं शाखा विस्तार

    दिक्तेलमा नबिल बैंकको २३४ औं शाखा विस्तार


    • बिहिवार, जेठ १८ २०८०

    • नेपाल वाइड


    दिक्तेलमा नबिल बैंकको २३४ औं शाखा विस्तार
    नबिलको २३४ औं दिक्तेल शाखा उद्धघाटन गर्नुहुदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई ।

    खोटाङ, १८ जेठ । नबिल बैंकले खोटाङको दिक्तेल बजारमा शाखा विस्तार गरेको छ । केही समय अघिदेखि कारोबार सुरु गरेको नबिलको २३४ औं दिक्तेल शाखा शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले उद्घाटन गरेका छन् ।

    थप ३८ वटा नयाँ शाखा विस्तारका क्रममा दिक्तेल शाखा औपचारिक रुपमा उद्घाटन गरिएको नबिल बैंक दिक्तेल शाखाका प्रमुख डिल्ली कार्कीले बताए । ‘हजुर हामी सँगसँगै’ भन्ने नारा आत्मसाथ गरेको बैंकको शाखा संख्या हालसम्म २५५ पुगेको छ ।

    बैंकले बचत निक्षेपमा ७.४० प्रतिशत र मुद्धति निक्षेपमा ९.९९ प्रतिशतसम्म व्याज प्रदान गर्दैआएको जनाएको छ । ‘कर्जातर्फ सुलभ दरमा कर्जा लगानी गर्दैआएको छ,’ शाखा मेनेजर कार्कीले भने, ‘घर कर्जामा १०.९९ प्रतिशत लगानी गरिआइएको छ ।’ हालसम्म बैंकको एक्स्टेन्सन काउण्टर संख्या १८, शाखा रहित सेवा आठ र एटिएम सेवा २८३ पुगेको छ ।

    Nabil Bank.jpg

    गत बैसाख मसान्तसम्ममा बैंकको कुल निक्षेप तीन खर्ब ७३ अर्ब ८९ करोड संकलन गरी तीन खर्ब ३४ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको कार्कीले बताए । कार्यक्रममा सहभागी अतिथिले बैंकलाई स्वरोजगार र आत्मनिर्भर बनाउनेगरी लगानी गर्न सुझाव दिएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष राई, विशेष अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडाध्यक्ष ध्रवबिक्रम राई, उद्योग बाणिज्य संघका अध्यक्ष राजन आचार्य र बुद्धिजिवी पवन थापाले शुभकाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नबिल बैंकका प्रदेश क्लष्टर हेड टोपप्रसाद अगस्तीको सभापतित्वमा सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार