Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: ट्याक्टरबाट खस्दा प्रअको किचिएर मृत्यु

    खोटाङ: ट्याक्टरबाट खस्दा प्रअको किचिएर मृत्यु


    • सोमवार, जेठ ८ २०८०

    • नेपाल वाइड


    खोटाङ: ट्याक्टरबाट खस्दा प्रअको किचिएर मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, ८ जेठ । ट्याक्टरबाट खस्दा किचिएर खोटाङमा प्रअको मृत्यु भएको छ । बालुवा ओसार्न सुनकोसी जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरबाट खसेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आविका प्रअ मकरध्वज राईको किचिएर मृत्यु भएको हो ।

    आइतबार विद्यालय बन्द भएपछि घर फर्कनेक्रममा बाहुनीडाँडाकै झाप्पाबाट घर बनाउने बालुवा लिन कुर्लेघाट जाँदै गरेको ट्याक्टर भेटेपछि प्रअ राई सुँगुरको चारो लिनका लागि सोही ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए ।

    कुर्लेघाटबाट फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रअ राईको पछाडिको पांग्राले टाउकोमा किच्दा घट्नास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । कुर्लेघाटको झोलुंगे पुल तरेर उदयपुरको भालुखोला दोभानबाट चारो किनेर ल्याएका प्रअ राई चालकछेउमा बसेका थिए ।

    विद्यालयभन्दा केही माथि रहेको घर निस्कनेक्रममा प्रअ राई आफन्तकोघरमा गफगाफ गरिरहेकोबेला बालुवा लिन गएको ट्याक्टर झरेपछि चारो दिन कुर्लेघाटतर्फ झरेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार