Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: गोठालो गएकी युवतीलाई बलात्कार गरेको अभियोगमा फरार अभियुक्त पक्राउ

    खोटाङ: गोठालो गएकी युवतीलाई बलात्कार गरेको अभियोगमा फरार अभियुक्त पक्राउ


    • शनिवार, जेठ ६ २०८०

    • नेपाल वाइड


    खोटाङ:  गोठालो गएकी युवतीलाई बलात्कार गरेको अभियोगमा फरार अभियुक्त पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ, ६ जेठ । खोटाङमा गोठालो गएकी युवतीलाई बलात्कार गरेको अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन् । बाख्रा गोठालो गएकी २० वर्षीय युवतीलाई बलात्कार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रतापजङ राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    गत बैसाख १८ गते बाख्रा चराउन गएकी युवतीलाई बलात्कार गरेपछि फरार रहेका राईलाई जेठ ४ गते लुकीछिपी रहेको अवस्थामा केपिलासगढी गाउँपालिका–१ फेदीबाट पक्राउ गरिएको डिएसपी मञ्जिल मुकारुङले बताए ।

    पक्राउ परेका अभियुक्त विरुद्ध जिल्ला अदालतबाट जेठ ५ गते सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पिडित युवतीको परिवारले अभियुक्त विरुद्ध गत बैसाख १८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए ।

    अभियुक्तमाथि युवतीलाई पात्लेको घाँस झार्ने र बटुल्न सहयोग गर्न भन्दै पात्लेको फेदमा लगेर करणी गरेको अभियोग छ । अभियुक्त स्वयं पनि बाख्रा चराउन जंगलमा पुगेका थिए । फुत्किन खोज्दा अभियुक्तले युवतीलाई केसमा समातेर तान्दै ओढारमा लगेर जवरजस्ती करणी गरेको पिडित परिवारले बताएका छन् ।

    प्रतिकारका क्रममा घाइते अशक्त बनाएर करणी गरेको र निरन्तर रोईकराई गरेर चिच्याएपछि ‘धेरै कराइस, तँलाई मारिदिन्छु’ भन्दै दुबै हातले घाँटी थिचिरहेको अवस्थामा स्थानीय एक महिला घटनास्थल पुगेपछि अभियुक्त भागेको किटानी जाहेरीमा उल्लेख छ । करणीका क्रममा निस्किएको चिच्याहट सुनेर स्थानीय महिला घटनास्थल पुगेको बताइएको छ ।

    मरणासन्न अवस्थामा पुगेकी युवतीलाई तिनै महिलाले बोकेर खेतमा पु¥याए परिवारलाई खबर गरेको जाहेरीमा भनिएको छ । युवतीलाई सोधपुछ गर्दा घटनाको बारेमा विस्तृत जानकारी भएको आफन्तले बताएका छन् । घटना लगत्तै जिल्ला अस्पताल लगिएकी युवतीलाई रेफर गरेपछि थप उपचारका लागि धरान लगिएको थियो ।

    सम्बन्धित समाचार