Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिरुमनपा पुर्ण खोप सुनिश्चितता नगर घोषणा

    दिरुमनपा पुर्ण खोप सुनिश्चितता नगर घोषणा


    • बिहिवार, जेठ ४ २०८०

    • नेपाल वाइड


    दिरुमनपा पुर्ण खोप सुनिश्चितता नगर घोषणा
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रम ।

    खोटाङ, ४ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका रोग विरुद्धको खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई बिहिबार पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

    आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाका १५ वटै वडाका १६ महिनादेखि २३ महिना उमेर समुहका सबै ३८४ बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

    जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका दर्जन बढी रोग बिरुद्धको खोपको मात्रा पुर्णरुपमा पाएको आधारमा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताए ।

    hjhj.jpg

    नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिवद्ध रहेको भन्दै प्रतिवद्धता–पत्रमा हस्ताक्षर गर्नुहुदै समन्वय प्रमुख सन बहादुर राई र नगरप्रमुख तीर्थराज भट्टराई ।

    नगरपालिका भित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालयले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाण–पत्र प्रदान गरेको छ । सामान्यतः १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ ।

    नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन सबै वडाका खोप लगाउने स्वास्थ्यकर्मी र नगरपालिकाका दुई जना स्वयंसेविकालाई कार्यक्रमको अवसरमा सम्मान गरिएको छ ।

    कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिवद्ध रहेको भन्दै प्रतिवद्धता–पत्रमा सामुहिक हस्ताक्षर गरेका छन् ।

    २०७४ सालपछि स्थानीय तहलाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने गरिएको छ । खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

    ghhh.jpg

    नगरप्रमुख तीर्थराज भट्टराईलाई नगर पूर्ण खोप सुनिश्चितताको प्रमाण–पत्र प्रदान गर्नुहुदै समन्वय प्रमुख सन बहादुर राई ।

    सम्बन्धित समाचार