बुधवार, जेठ ३ २०८०
नेपाल वाइड
खोटाङ, ३ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको बसेरीस्थित साकेला थानमा किरात प्रदेश नामाकरणको माग गर्दै साकेला नाचिएको छ ।
६५ घर धुरी राई समुदायको सल्लाह अनुसार कोशी प्रदेशको बिरोध एवं किरात प्रदेश नामाकरणको माग गर्दै मंगलबार साकेला नाचिएको हो । उनीहरुले टाउकामा ‘कोशी प्रदेश मुर्दावाद, किरात प्रदेश जिन्दावाद’ लेखिएको पट्टी बाँधेर साकेला नाच्न भेला भएका थिए ।
किरात समुदायले किरात प्रदेश नामाकरण नगरिएकोे आक्रोश सोकेलामार्फत पोखेको स्थानीय कुलदिप राईले बताए । बसेरीस्थित साकेला थानमा केही वर्षअघिसम्म सबैभन्दा ठूलो भाले चढाउन ल्याउनेलाई पुरस्कृत गर्ने प्रचलन थियो ।