बुधवार, बैशाख २० २०८०
नेपाल वाइड
खोटाङ, १९ बैसाख । ब्लड क्यान्सर भएपछि अस्पताल भर्ना भएकी खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका बिजयकुमारी तामाङले सहयोगको याचना गरेकी छन् । ब्लड क्यान्सर भएपछि हाल सिभिल अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा संघर्ष गरिरहेकी तामाङले आफ्नो जीवन रक्षाका लागि आर्थिक सहयोगको याचना गरेकी हुन् ।
ब्लड क्यान्सर भएपछि तामाङलाई दुई महिनादेखि अस्पतालमा राखेर उपचार सुरु गरिएको हो । उपचारमा संलग्न डाक्टरले समय र पैसा लागे पनि बिरामी निको हुने बताएपछि शुभेच्छुकसँग सहयोग माग्नु परेको श्रीमान पहलमान तामाङले बताए ।
तामाङको दुई महिनाकै उपचारका क्रममा नौ/दश लाख खर्च भइसकेको छ । डाक्टरले पैसाको व्यवस्था गर्न भनेपछि आर्थिक सहयोगका लागि हारगुहार सुरु गरिएको तामाङले बताए ।
ब्लड क्यान्सरबाट पिडित बिजयकुमारीलाई बचाउनका लागि उनकै नाममा प्रभु बैंकमा रहेको खाता नम्बर ०१९००७४८२४३०००११ मा रकम जम्मा गर्न सकिने छ । यस बाहेक मोबाईल नम्बर ९८०४०४२४०१, ९८०७०६५९१५ र ९८०४०४२४०१ मा सम्पर्क गर्न सकिने छ ।
‘श्रीमतीको जीवन बचाउको निमित्त मैले गर्ने हर प्रयास गरेको छु । दुःखाइ बाड्न सकिदोरहेनछ तर दुःख बाड्न सकिने रहेछ । मैले तपाईहरुमाझ मेरो श्रीमतीको जीवन बचाउनको निमित्त धेरै थोर साथ माग्न आएँ, सहयोग माग्न आएँ, दुःख बाड्न आएँ,’
उनले भने, ‘मेरो बिपत्ति र उनको छट्पट्टीको आभाष गर्दै नातेदार, आफन्त र सम्पुर्ण देश परदेशमा रहने सहयोगीदाताले सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । यहाँहरुको सानो सहयोग मेरो निमित्त जीन्दगीको नयाँ खुसी हुनेछ । श्रीमती विजयकुमारीको चरचराइ रहेको घाउमा मल्हम हुनेछ ।’