Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पालिका प्रतिभा २०८० मा साकेला गाउँपालिकामा गायनतर्फ रबिन भए पालिका उत्कृष्ट

    पालिका प्रतिभा २०८० मा साकेला गाउँपालिकामा गायनतर्फ रबिन भए पालिका उत्कृष्ट


    • मंगलवार, बैशाख १९ २०८०

    • नेपाल वाइड


    पालिका प्रतिभा २०८० मा साकेला गाउँपालिकामा गायनतर्फ रबिन भए पालिका उत्कृष्ट
    पालिका प्रतिभा २०८० अन्तर्गत साकेला गाउँ पालिकामा गायनतर्फ उत्कृष्ट बनेका रबिन दियालीलाई पुरस्कार प्रदान गर्दै साकेला गाउ पालिका उपाध्याक्ष बिर्सिका राई, खोटाङ कलाकार समाजमा अध्यक्ष रुपकुमार राईलगायत ।

    खोटाङ, १९, बैशाख । खोटाङ कलाकार समाज काठमाडौंको आयोजनामा संचालित पालिका प्रतिभा २०८० मा साकेला गाउँ पालिकामा गायनतर्फ रबिन दियाली पालिका उत्कृष्ट भएका छन् । साकेला गाउँपालिकाको सभाहलमा भएको प्रतिभा छनौट प्रतियोगिताको फाइनल अडिसन बाट दियाली प्रथम भएका हुन ।

    यस्तै पालिका प्रतिभा २०८० कै नृत्य विधातर्फ साकेला पालिकामा मेनुका राई प्रथम भएका छन् । जिल्लाको विभिन्न पालिकामा रहेको प्रतिभा खोजी गर्ने अभियान अन्तर्गत मंगलबार भएको फाइनल अडिसन‌मा गायन र नृत्य विधाको उत्कृष्ट तीन तीन जना प्रतिभा छनौट गरिएको हो ।

    पालिका प्रतिभा २०८० को खोजी अभियान अन्तर्गतको अन्तिम कार्यक्रम साकेला गाउँ पालिकामा गायन तर्फ दोस्रो हुने जुनु राई, तेस्रो स्थानमा राईसर राई छानिएका छन् ।

    यसैगरि नृत्यतर्फ दोस्रो सुजता भुजेल र तेस्रो स्थानमा स्मारिका राई छानिनु भएको छ । प्रतियोगीतामा प्रथम दोस्रो र तेसो हुने सहभागीहरुलाई क्रमश १० हजार ७ हजार र ५ हजार रूपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

    कार्यक्रममा खोटाङ कलाकार समाजमा अध्यक्ष रुपकुमार राई, साकेला गाउ पालिका उपाध्याक्ष बिर्सिका राई र साकेला गाउँ पालिका प्रशासकीय अधिकृत महेश राईले सहभागी तथा विजेता हरुलाई बधाई तथा शुभकामना दिएका थिए । 

    rabbin.jpg

    पालिका प्रतिभा २०८० अन्तर्गत साकेला गाउँ पालिकामा नृत्यतर्फ प्रथम बनेकी मेनुका राईलाई पुरस्कार प्रदान गर्दै साकेला गाउ पालिका उपाध्याक्ष बिर्सिका राई, खोटाङ कलाकार समाजमा अध्यक्ष रुपकुमार राईलगायत ।

    सम्बन्धित समाचार