Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आत्मनिर्भर बन्न ढाका बुनाई तालिममा वाप्लुखाका महिला

    आत्मनिर्भर बन्न ढाका बुनाई तालिममा वाप्लुखाका महिला


    • सोमवार, बैशाख १८ २०८०

    • नेपाल वाइड


    आत्मनिर्भर बन्न ढाका बुनाई तालिममा वाप्लुखाका महिला
    वाप्लुखाका महिला आत्मनिर्भर बन्नका लागि ढाका बुनाई तालिम लिदै ।

    खोटाङ, १८ बैसाख । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका महिला आत्मनिर्भर बन्नका लागि ढाका बुनाई तालिममा सहभागी भएका छन् ।

    गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत गाउँमै ढाका बुनाई सम्वन्धी तीन महिने तालिम आयोजना गरेपछि वडाका १४ जना महिलाले ‘भविष्यमा केही गर्ने योजना सहित’ ढाका बुनाई तालिम लिइरहेका छन् ।

    प्राविधिक सीप विकास अन्तरगत गाउँपालिकाले वडा कार्यालयको हलमा ढाका बुनाई सम्वन्धी तालिम आयोजना गरेको वडाध्यक्ष पारस राईले बताए । तालिममा सहभागीलाई प्रशिक्षक रामकुमारी राईले बेसिक कोर्स अन्तरगत टोपी, गलवन्दी, हाफसल, चौवन्दी, कोट, कुर्तासुरुवाल लगायतका कपडा बुन्न सिकाइरहेकी छन् ।

    mm.jpg

    ढाका बुनाई सम्वन्धी सीप सिकेर उद्योग चलाउने र आर्थिकरुपमा आत्मनिर्भर बन्ने लक्ष्यका सात तालिममा सहभागी भएको सहभागी हिरा राईले बताईन् ।

    ‘सीप सिकेर उद्योग चलाउने र आत्मनिर्भर बन्ने लक्ष्य सहित तालिममा सहभागी भएका हौँ,’ राईले भनिन्, ‘सुरु–सुरुमा अप्ठ्यारो भए पनि अहिले गर्न सकिन्छ भन्ने लागेको छ ।’ गत फागुन १६ गतेदेखि सुरु गरिएको ढाका बुनाई सम्वन्धी तालिम आगामी जेठ १६ गतेसम्म सञ्चालन हुनेछ ।

    m3.jpg

    वाप्लुखाका महिला आत्मनिर्भर बन्नका लागि ढाका बुनाई तालिम लिदै ।

    सम्बन्धित समाचार