Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सरकारले खोल्यो जग्गाको कित्ताकाट

    सरकारले खोल्यो जग्गाको कित्ताकाट


    • मंगलवार, बैशाख ५ २०८०

    • नेपाल वाइड


    सरकारले खोल्यो जग्गाको कित्ताकाट
    फायल तस्बिर ।

    काठमाडौं, ५ चैत । सरकारले जग्गा कित्ताकाट खुलाएको छ । यसअघि रोक्का रहेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

    “भू–उपयोग  सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ, यो निर्णयबाट अंशबण्डा लगायतका जग्गा कित्ताकाटमा सहजीकरण हुनेछ” मंगलबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भनिन्, “यो नियमावली कार्यान्वयन भएपछि मन्त्रालयले गरेको निर्णय खारेज हुनेछन् ।”

    यसअघि गत हप्ता पोखराका व्यवसायीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।

    सम्बन्धित समाचार