बुधवार, चैत्र २९ २०७९
नेपाल वाइड
खोटाङ, २९ चैत । नेपाल नेत्र ज्योती संघ खोटाङले पत्रकार दमन राई र आँखा उपचार केन्द्र, दिक्तेलका प्रमुख हरिहर श्रेष्ठलाई सम्मान गरेको छ । नेत्र ज्योती संघको पाचौँ जिल्लासभा तथा अधिवेशनको अवसरमा बुधबार पत्रकार राई र आँखा उपचार केन्द्र, दिक्तेलका प्रमुख श्रेष्ठलाई सम्मान गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा राई र श्रेष्ठलाई प्रमुख अतिथिका रुपमा संघका केन्द्रिय महासचिव भरतबहादुर चन्द, विशिष्ट अतिथिका रुपमा संघका प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्यामसुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् ।
नेत्र ज्योती संघबाट सञ्चालन हुने गतिविधि लगायत आँखा सेवाका महत्वपूर्ण पक्षलाई उजागर गर्नेदेखि अन्धकारमय जीवनबाट उज्यालो संसारमा परिणत भएको महसुसजन्य समाचारलाई स्थानीय र राष्ट्रिय स्तरमा सुसूचित गर्ने कार्यमा महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति इन्द्र कसजुले बताए ।
२०६३ सालदेखि पत्रकारिता सुरु गरेका राई नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन् । यस्तै, आँखाको उपचारका क्षेत्रमा २० वर्षदेखि अनवरत रुपमा सेवा गरिरहेका श्रेष्ठलाई सम्मान गरिएको नेत्र ज्योती संघले जनाएको छ ।
नेत्र ज्योती संघको पहलमा सञ्चालन भइरहेको आँखा उपचार केन्द्र दिक्तेल लगायत जिल्लामा आँखा सम्वन्धी उपचार, रोकथाम र चेतनामुलक कार्यक्रमलाई सुव्यस्थित गरी दृश्यविहिनलाई दृष्टि दिलाउन एबं ज्योतिर्मय आँखाको वातावरण सिर्जना गर्न तथा समुदाय स्तरमा घुम्ती शिबिर, ज्येष्ठ नागरिक आँखा जाँच, शल्यक्रिया शिबिरमार्फत मानव सेवामा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको सभापति कसजुले बताए ।