Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वडा कार्यालय च्यास्मीटारको भवन शिलान्यास

    वडा कार्यालय च्यास्मीटारको भवन शिलान्यास


    • सोमवार, चैत्र २७ २०७९

    • नेपाल वाइड


    वडा कार्यालय च्यास्मीटारको भवन शिलान्यास
    वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा मेयर विमला राई, उपमेयर रमेश राउत, वडाध्यक्ष भुपालसिं राईलगायत ।
    खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । हालसम्म कच्ची भवनबाट कामकाज सञ्चालन हुँदै आएको च्यास्मीटार वडा कार्यालयको पक्की भवन निर्माण गर्न लागिएको हो ।
     
    वडा कार्यालयको एक तले आरसिसि भवन सोमबार किराती सँस्कार अनुसार नछुङको उपस्थितिमा मेयर बिमला राई र उपमेयर रमेश राउतले शिलान्यास गरेका छन् ।
     
    चालु आर्थिक वर्ष नगरपालिकाबाट विनियोजित बजेटबाट ओजास निर्माण सेवा ललितपुरले भवन निर्माणको ठेक्का लिएको वडाध्यक्ष भुपालसिं राईले बताए ।
     
    हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र च्यास्मीटारको वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष एकमुष्ट एक करोड नौ लाख ७९ हजार बिनियोजन गरेको छ ।
     
    यस्तै, ५४ लाख ९८ हजारमा सम्पन्न गर्नेगरी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको दुई तले आरसिसि भवन निर्माणको ठेक्का ब्रोदर्स युनाइटेट कन्ट्रक्सन निर्माण कम्पनीले लिएको छ ।
     
     
     
     
     

    सम्बन्धित समाचार