Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कालिका भगवती मन्दिर परिषरमा भजनगृह निर्माण गरिने

    कालिका भगवती मन्दिर परिषरमा भजनगृह निर्माण गरिने


    • बुधवार, चैत्र १५ २०७९

    • नेपाल वाइड


    कालिका भगवती मन्दिर परिषरमा भजनगृह निर्माण गरिने
    भजनगृह (धर्मशाला) शिलान्यास गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलगायत ।

    खोटाङ, १५ चैत । खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिषरमा भजनगृह (धर्मशाला) निर्माण गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने मन्दिर परिषरमा २० कोठा र एउटा हल हुने चार तले भजनगृह (धर्मशाला) निर्माण गरिने भएको हो ।

    २०७४ चैत १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट संकलन भएको ६० लाखमध्ये खर्च गरेर बाँकी रहेको ४२ लाख बैंकमा जम्मा गरेको र सोको व्याज सहित ५६ लाखको लागतमा भजनगृह (धर्मशाला) निर्माणको तयारी गरिएको हो ।

    भजनगृह (धर्मशाला) बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले शिलान्यास गरेका छन् । भजनगृह (धर्मशाला)का लागि अपुग बजेट नगरपालिका, प्रदेश र संघीय सरकारबाट जुटाइने मझुवागढी कालिका भगवती संरक्षण तथा विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले बताए ।

    नियमित भजनकिर्तनको व्यवस्था एबं कालिका भगवती देबिस्थान एवं मझुवागढीका ऐतिहासिक र पर्यटकीयस्थल घुमफिर गर्ने आगन्तुकको विश्रामस्थलको व्यवस्थाका लागि भजनगृह (धर्मशाला) निर्माण सुरु गरिएको हो ।

    मझुवागढीमा वात्तल मुहान भएको मझुवा कालिका खानेपानी योजनाको काम भइरहेको छ । मझुवागढीमा पानीको व्यवस्थाका लागि शहरी विकास मन्त्रालयबाट २०७२ सालमा बिनियोजित एक करोड ४४ लाखमा खानेपानी योजनाको काम अघि बढाइएको हो । खानेपानी आयोजनाको काम आगामी असार मसान्तसम्ममा पुरा हुने समितिले जनाएको छ ।

    सम्बन्धित समाचार