आइतवार, चैत्र ५ २०७९
नेपाल वाइड
काठ्माडौं, ५ चैत । डा. सिके राउतको जनमत पार्टी निकट स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सिके सिंह चयन भएका छन् । सिदार्थ फुडल्याण्ड पुरानो बानेश्वरमा भएको भेलाबाट डा. सिंह स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा चयन भएका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रमुख अतिथिका रुपमा स्वास्थ्यकर्मी जनमत संघको घोषणा गर्दै पार्टी प्रवेश गर्नेलाई बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रममा करिब पाँच सय जनाको सहभागिता रहेको थियो ।
जनमत पार्टीमा सय जना स्वास्थ्यकर्मी प्रवेश गरेका छन् । स्वास्थ्यकर्मी जनमत संघको कार्यसमिति केही समयपछि अध्यक्षको निर्णय अनुसार हुने जानकारी दिइएको छ । अर्को वर्ष स्वास्थ्यकर्मी जनमत संघको आमसभा टुँडिखेलमा हुने जनमत पार्टीका अध्यक्ष डा. राउतले बताए ।
कार्यक्रममा कृषि मन्त्रालय मधेश प्रदेशका कृषिमन्त्री वसन्त कुशवाहा, कृषि राज्यमन्त्री सञ्जय यादव, सांसद अनिता शाह, सतीशकुमार सिंह, चन्दन सिंह, सुरेन्द्र नारायण यादव, दीपक कुमार शाह र भूपेन्द्र यादव लगायतका अतिथि थिए ।