Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्ववियु निर्वाचन

    खोटाङका छ क्याम्पसमा भएन स्ववियु निर्वाचन, साकेलामा अनुरास्ववियुको प्यानल निर्वाचित

    खोटाङका छ क्याम्पसमा भएन स्ववियु निर्वाचन, साकेलामा अनुरास्ववियुको प्यानल निर्वाचित


    • आइतवार, चैत्र ५ २०७९

    • नेपाल वाइड


    खोटाङका छ क्याम्पसमा भएन स्ववियु निर्वाचन, साकेलामा अनुरास्ववियुको प्यानल निर्वाचित
    साकेला बहुमुखी क्याम्पसको स्ववियुमा निर्बाचनमा निर्विरोध निर्वाचित बनेका अध्यक्ष यामकुमार खड्का ।
    खोटाङ, ५ चैत । खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनुरास्ववियुको प्यानल निर्वाचित भएका छन् । खोटाङका सात क्याम्पसमध्ये साकेला बहुमुखी क्याम्पसको स्ववियुमा यामकुमार खड्का अध्यक्ष रहेको अनेरास्ववियुको प्यानल निर्विरोध निर्वाचित भएका हुन् ।
    आइतबार घोषित अन्तिम परिणाम अनुसार अनेरास्ववियुबाट स्ववियु सचिवमा रमिता फुयाँल, कोषाध्यक्षमा सरला राई, सदस्यमा रीता खड्का, कविता खड्का र उमा बिष्ट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचन तालिका बमोजिम निर्वाचन प्रकृया पूरा गरी खड्का नेतृत्वको टिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताए ।
     
    त्रिभुवन बिश्वविद्यालयको स्ववियु निर्वाचन तालिका अनुसार अन्य विद्यार्थी संगठन दर्ता हुन नआएको निर्वाचन समितिले जनाएको छ । विद्यार्थी संगठनबीचमा सहमती नजुट्दा दिक्तेल बहुमुखी क्याम्पस, रावा क्याम्पस खार्पा, हलेसी क्याम्पस, खोटाङ क्याम्पस, खोटाङबजार, सिमपानी क्याम्पस, सिमपानी र चिसापानी क्याम्पसमा भने स्ववियु निर्वाचन हुन नसकेको हो । अन्य जिल्लाका क्याम्पसमा धमाधम मतदान भइरहँदा जिल्लाका क्याम्पस सुनसान देखिएको थियो ।
     
    जिल्लाका विद्यार्थी नेता दिक्तेल बहुमुखी क्याम्पसमा मात्र केन्द्रित हुँदा विद्यार्थी संगठन अन्य कतिपय क्याम्पसमा निर्वाचन प्रकृयामा जानबाट चुकेको हो । सबैको ध्यान केन्द्रित भएको दिक्तेल बहुमुखी क्याम्पसमा निर्धारित मितिमा स्ववियु निर्वाचन हुन सकेन । विद्यार्थी संगठनहरुबीचमा भएको पटक–पटकको छलफलमा सहमती नजुट्दा स्ववियु निर्वाचन कायक्रम अघि बढ्न नसकेको निर्वाचन अधिकारी लालप्रसाद घिमिरेले बताए ।
     
    खोटाङ क्याम्पसमा सोमबार छलफलमा बस्ने, सहमती जुटे सहमतीमै स्ववियु गठन गर्ने वा निर्वाचन प्रकृयामा जाने निर्णय भएको छ । सिमपानी क्याम्पसमा स्ववियु निर्वाचन प्रकृया अघि बढाइए पनि कसैको उम्मेदवारी परेन । संगठन दर्ता गरे पनि उम्मेदवारी दर्ता नभएको सिमपानी क्याम्पसका प्रमुख कमलकृष्ण बुढाथोकीले बताए ।
    ‘संगठन दर्ता भयो तर उम्मेदवारी दिन वास्ता गरेनन्,’ बुढाथोकीले भने, ‘क्याम्पसमा नियमित विद्यार्थी आउँदैनन् । छोरी बुहारी बढी छन् । कोही विदेश छन् ।’ हलेसी क्याम्पसमा स्ववियु निर्वाचन प्रकृया नै अघि बढाइएन । विद्यार्थी संगठनको गतिविधि नै नभएपछि निर्वाचन प्रकृया अघि नबढेको हलेसी क्याम्पस प्रमुख चक्रबहादुर राईले बताए ।
     
    ‘विद्यार्थी भर्ना हुन आउँछन् । अझ परिक्षा फर्म भर्नेबेला आउँछन्,’ राईले भने, ‘नियमित आउने भनेको छोरी बुहारी मात्र हो ।’ रावा क्याम्पसमा निर्वाचन समिति बनेर संगठन दर्ता भए पनि फागुन २६ गतेको बैठकमा सहमती नजुटेपछि निर्वाचन रोकिएको क्याम्पस प्रमुख दिपक पोखरेलले बताए ।
     

    सम्बन्धित समाचार