Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबलमा नेर्पा स्पोर्टस् क्लब नेर्पा च्याम्पियन

    केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबलमा नेर्पा स्पोर्टस् क्लब नेर्पा च्याम्पियन


    • मंगलवार, फाल्गुण ३० २०७९

    • नेपाल वाइड


    केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबलमा नेर्पा स्पोर्टस् क्लब नेर्पा च्याम्पियन
    नेर्पा स्पोर्टस् क्लब नेर्पा केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबलमा च्याम्पियन बनेपछि खेलाडीहरुसँग फोटो खिचाउदै वडाध्यक्ष माधब राईलगायत । तस्बिर : सामाजिक सञ्जाल

    खोटाङ, ३० फागुन । खोटाङको दिक्तेलमा आयोजित केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबल प्रतियोगीता २०७९ चौथो संस्करणमा नेर्पा स्पोर्टस् क्लब नेर्पा च्याम्पियन बनेको छ ।

    दिक्तेलको माटिकोरे खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ गोल अन्तरले पछि पार्दै नेर्पा स्पोर्टस् क्लब च्याम्पियन बनेको हो ।

    प्रतियोगीताको विजेता नेर्पा स्पोर्टस् क्लबले नगद एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाण–पत्र तथा उपविजेता माटिकोरे सामाजिक सेवा समाजले नगद ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख प्रायोजन एबं खोटाङ जिल्ला फुटबल संघको संरक्षकत्वमा खोटाङ फुटबल एकेडेमी (केएफए)ले फुटबल प्रतियोगीता आयोजना गरेको हो ।

    प्रतियोगीतामा उत्कृष्ट खेलाडीको उपाधि माटिकोरे सामाजिक सेवा समाजका दीपक खत्री, सर्वाधिक गोलकर्ताको उपाधि नेर्पा स्पोर्टस् क्लबका बिकी राई, उत्कृष्ट किपरको उपाधि माटिकोरे सामाजिक सेवाकै नवीन पोखरेल र उदीयमान खेलाडीको उपाधि आयोजक केएफएका रोहन परियारले प्राप्त गरेका छन् ।

    उनीहरुले जनही पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाण–पत्र प्राप्त गरेका छन् । फागुन २७ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालित प्रतियोगीताका विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विशन राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राई लगायतले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए । 

    प्रतियोगितामा जिल्ला आठ क्लबले प्रतिष्पर्धा गरेको आयोजक एकेडेमीले जनाएको छ । २०७३ सालमा स्थापना गरिएको केएफएले २०७४, २०७७ र २०७८ सालमा क्लव स्तरिय फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।

    सम्बन्धित समाचार