Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    जिल्ला स्तरीय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगितामा प्रथम बने उदास

    जिल्ला स्तरीय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगितामा प्रथम बने उदास


    • मंगलवार, फाल्गुण २३ २०७९

    • नेपाल वाइड


    जिल्ला स्तरीय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगितामा प्रथम बने उदास
    जिल्लास्तरिय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगिताको उपाधी जितेका माउण्टेन एभरेष्ट बोर्डिङ स्कुलका शिक्षक अशोक उदास र दोस्रो स्थान हासिल गरेका पार्जुन राई । तस्बिर : अर्जुन केसिको फेसबुकवालबाट ।

    खोटाङ, फागुन २३ । शिक्षकहरुको जिल्लास्तरिय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगिताको उपाधी माउण्टेन एभरेष्ट बोर्डिङ स्कुलका शिक्षक अशोक उदासले जितेका छन ।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयले आयोजना गरेको जिल्लाव्यापी खुल्ला एकल ब्याडमिन्टन प्रतियोगितामा सोही विद्यालयका शिक्षक पार्जुन राईलाई पछि पार्दै उदास प्रथम बनेका हुन ।

    प्रतियोगितामा साकेला मावि रतन्छाका हरि राई, आयोजक सरस्वती आधारभूत विद्यालयका मेघराज धमला सेमीफाईनलिष्ट बन्न सफल भएका छन । १५ शिक्षकले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार १११, दोश्रोले ७ हजार ७७७ र तेश्रो हुनेले ४ हजार ४४४ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिए ।

    विजयी खेलाडी शिक्षकहरुलाई बुधबार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उप–प्रमुख विसन राईलेले उद्घाटन गरेका थिए । नगर प्रमुख भट्टराई र उप–प्रमुख राईबीच उद्घाटन खेलसँगै नगरपालिका र उद्योग बाणिज्य संघ खोटाङबीच मैत्रिपुर्ण खेल भएको थियो । मैत्रीपुर्ण खेलमा उद्योग बाणिज्य संघले जित निकालेको थियो ।

    गत पुष गते अजय बस्नेतको अध्यक्षतामा बनेको विद्यालय व्यवस्थापन समितिले शिक्षकको शाररिक तन्दुरुस्ती र विद्यालयमा सञ्चालनार्थ दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिन ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताए ।

    नेपाल सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको रकम दिदै आएकोमा विद्यालयले थप गरि ४० रुपैयाँ दिने गरेको विद्यालयले छ । आम्दानीको श्रोत नभएको विद्यालयमा विधार्थीलाई २५ रुपैयाँ थप गरेर खाजा खर्च उपलब्ध गराउदा आर्थिकभार थपिएको भन्दै दिवाखाजा कार्यक्रमलाई प्रभावकारी र निरन्तरता दिन पनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको विव्यास अध्यक्ष बस्नेतले बताए ।

    dffff.jpg

    जिल्लास्तरिय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगिताको प्रमुख तीर्थराज भट्टराई र उप–प्रमुख विसन राईलगायत अतिथिहरु ।

    सम्बन्धित समाचार