Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘बाख्रा पालन, राँगा पालन, कुखुरा पालनमा गरिएका लगानीमा खोर मात्र बाँकी छ’

    ‘बाख्रा पालन, राँगा पालन, कुखुरा पालनमा गरिएका लगानीमा खोर मात्र बाँकी छ’


    • बिहिवार, फाल्गुण १८ २०७९

    • नेपाल वाइड


    ‘बाख्रा पालन, राँगा पालन, कुखुरा पालनमा गरिएका लगानीमा खोर मात्र बाँकी छ’
    साकेला गाउँपालिकाद्धारा आयोजित कफि खेती तालिमकाक्रममा पालिका अध्यक्ष रविप्रकाश राई कफीको बोट नियाल्दै ।

    खोटाङ, १८ फागुन । खोटाङको साकेला गाउँपालिकाले कफि खेती तालिम आयोजना गरेको छ । व्यवसायीक कफि खेतीको विकासका लागि गरीवि निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिकेमा तीन दिने कफि खेती तालिम आयोजना गरेको हो ।

    प्राविधिक सीप विकास अन्तरगत आयोजना गरिएको तालिममा ४० जना कृषकको सहभागीता रहेको थियो । साकेला गाउँपालिका–२ रतन्छामा पनि कफी खेती तालिमको आयोजना गरिएको गाउँपालिकाका कृषि शाखा अधिकृत अनन्त ढकालले बताए ।

    हाल साकेला गाउँपालिका–४, ५ र २ को बेँसी क्षेत्रका किसानले स्वतःस्फुर्त रुपमा कफी खेती गर्दैआएका छन् । कतिपय किसानले कफि खेतीबाट मनग्ये आम्दानी समेत गर्न थालेका छन् । एकै घरमा दुई सय बोट कफी रोपेका छन् । तालिमपछि कफि खेतीबाट राम्रो आयआर्जन गर्न सकिने किसान आशावादी छन् ।

    तालिम समापनको क्रममा किसानलाई कृषि प्रयोग हुने औजार हस्तान्तरण गरिएको छ । कार्यक्रम समापन गर्दै गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले यसअघि कृषिमा गरिएको लगानी खेर गएको र आगामी दिनमा कार्यविधि बनाएर वीउपूँजीको रुपमा कृषकलाई अनुदान उपलब्ध गराईने बताए । ‘यसअघि कृषि क्षेत्रमा गरिएका लगानी बालुवामा पानी भएको छ,’ अध्यक्ष राईले भने, ‘बाख्रा पालन, राँगा पालन, कुखुरा पालन लगायतका क्षेत्रमा गरिएका लगानीले अहिले खोरमात्र बाँकी छ ।’

    अहिले विश्वबजारमा कफिको राम्रो माग छ । नेपालमै टिप्न बित्तिकैको ‘ए’ ग्रेडको चेरी प्रतिकेजी ९५ रुपैयाँ र ‘बि’ ग्रेडको चेरी ८५ रुपैयाँमा विक्री हुने गरेको छ । त्यस्तै पार्समेन्ट ‘ए’ ग्रेडको कफिको प्रतिकेजी मूल्य ४७५ रुपैयाँ र ‘बि’ ग्रेडको मूल्या ४२० रुपैयाँ पर्छ । ग्रिनवीन गुणस्तर अनुसार प्रतिकेजी १ देखि २ हजार रुपैयाँ मूल्य भएको कृषि शाखा अधिकृत ढकालले बताए ।

    सम्बन्धित समाचार