Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसी : तीन दीर्घ रोगीलाई वडा कार्यालयको सहयोग

    रावाबेँसी : तीन दीर्घ रोगीलाई वडा कार्यालयको सहयोग


    • बिहिवार, फाल्गुण १८ २०७९

    • नेपाल वाइड


    रावाबेँसी : तीन दीर्घ रोगीलाई वडा कार्यालयको सहयोग
    वडा कार्यालयद्धारा आयोजित दीर्घ रोगीलाई नगद सहयोग कार्यक्रम ।

    खोटाङ, १८ फागुन । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डे वडा कार्यालयले तीन दीर्घ रोगीलाई नगद सहयोग गरेको छ । वडा कार्यालयले बुधबार कार्यक्रम गर्दै नियमित औषधि सेवन गर्दैआएका डम्बरकुमारी विश्वकर्मा, दिलबहादुर विश्वकर्मा र धनकुमारी सार्कीलाई जनही ५÷५ हजार सहयोग प्रदान गरेको हो ।

    वडा कार्यालयले ज्येष्ठ नागरिक र पूर्व स्वयंसेविकालाई सम्मान गरेको छ । वडाका ८० वर्ष माथिका ३६ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरिएको वडाध्यक्ष गेहेन्द्रमान राईले बताए ।

    ज्येष्ठ नागरिकलाई हर्लिक्स पनि वितरण गरिएको छ । यस्तै, दुई पूर्व स्वयंसेविका सावित्रादेवी निरौला र अदिरानी राईलाई मायाँको चिनो करुवासँगै दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरिएको छ ।

    यस्तै, आफैले खरिद गरेर प्रयोग गर्न नसक्ने अवस्थाका ललित विश्वकर्मा र चक्रबहादुर दमाईको परिवारलाई विद्युतको मिटर बक्स प्रदान गरिएको वडाध्यक्ष राईले बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेश राई, राजनीतिक दलका वडाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार