Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बैशाखमा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने

    बैशाखमा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने


    • शुक्रवार, फाल्गुण ५ २०७९

    • नेपाल वाइड


    बैशाखमा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने
    जन्तेढुंगा खेलकुद विकास समितिले गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन ।

    खोटाङ, ५ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिकामा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा आगामी वैशाख २ गतेदेखी वैशाख ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको तयारी गरिएको हो ।

    जन्तेढुंगा खेलकुद विकास समितिले शुक्रबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ गर्न लागिएको जानकारी दिएको हो ।

    जन्तेढुंगा गाउँपालिकाका–५ चिसापानीको खर्क खेलमैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद २ लाख ५५ हजार ५ सय र दोश्रो स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार ५ सयका साथमा कप, मेडल र प्रमाण–पत्र पाउने छन् ।

    यस्तै, सेमिफाइनलिष्ट टिमलाई नगद ५०–५० हजारका साथमा प्रमाण–पत्र प्रदान गरिने जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिए ।

    गोल्डकपमा उत्कृष्ट एक जना स्ट्राइकर, उत्कृष्ट एक गोल्डकिपर र एक जना उत्कृष्ट एक डिफेण्डरलाई जनही १० हजार तथा म्यान अफ द म्याचलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

    खेल क्षेत्रको विकास र प्रवद्र्धनका साथै खेलाडीको प्रोत्साहन गर्ने उद्धेश्यले गोल्डकपको आयोजना गरिएको हो । गोल्डकपमा अनुमानित ३० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

    ‘फुटबलको व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको हो,’ अध्यक्ष राईले भने, ‘खेल र खेलाडीसँगँै गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिमा पनि टेवा पुग्ने अपेक्षा राखेका छौँ ।’

    गोल्डकपलाई सफल बनाउन खेल क्षेत्र, निकाय तथा खेलप्रेमी जनसमुदाय समक्ष सहयोगको अपिल गर्ने आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट खेलाडीको उपादनसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताए ।

    फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिका स्तरीय खेलकुद विकास समिति एन्फामा दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइने जानकारी दिइएको छ । गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्कालगायतको उपस्थितिमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराईएको थियो ।

    सम्बन्धित समाचार