Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    क्यान्सर पिडितको अपिल

    म बाँच्न चाहन्छु, मलाई बचाउनुस्

    म बाँच्न चाहन्छु, मलाई बचाउनुस्


    • बुधवार, फाल्गुण ३ २०७९

    • नेपाल वाइड


    म बाँच्न चाहन्छु, मलाई बचाउनुस्
    अस्पतालको बेडमा चन्द्रकुमार राई ।

    खोटाङ, ३ फागुन । तपाईहरुको मायाँ र सदभावले बाँकी जीवन पनि आफ्नै गाउँघरको सामाजिक कार्यलाई दिने बचन दिँदै सहयोगको अपिल गर्न चहान्छु । खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ सुन्तले साकुमा निबासी म चन्द्रकुमार राई पेशाले ट्रेकिङ गाईड हुँ ।

    बिगत ६/७ महिनादेखि इन्डियाको नयाँदिल्लीस्थित राजीब गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर हस्पिटलमा क्यान्सर रोगको उपचार गराइरहेको छु । उपचार गर्ने क्रममा यहाँसम्म आइपुग्दा पनि आफ्नो आर्थिक बलबुताले भ्याएसम्म यहाँहरुलाई दुःख दिएर किन सहयोगको अपिल गरौं जस्तो लागेको थियो तर अब म आफु बिगत २/४ बर्षदेखि भुकम्प, कोरोना आदि इत्यादि समस्याबाट आर्थिक भारमा थिएँ । अहिलेसम्म छोरीहरुको सहयोगले लगभग १७/१८ लाख खर्च भइसकेको छ ।

    हरेक महिनामा नेपाली दुई लाखको औषधि खानु परिरहेकोले पनि मेरो आँट हारेर निकै मुस्किल भएको महसुस गरेर यहाँहरु समक्ष सहयोगको अपिल गर्न चाहन्छु । जीवनको भोगाईमा मैले गरेको सामाजिक कामलाई कहिलै सार्वजनिक रुपमा लम्बाई चौडाई गरेर देखाउन चाहिँन ।

    म आफ्नो सामाजिक कार्यमा लागि रहन्थेँ तर जीवनमा यस्तो मोड आउँछ र यस्तो मोडमा आएर यहाँहरुलाई एक पटक मैले गरेको सामाजिक कार्यलाई पछाडि फर्केर स्मरण गराउनुपर्छ भनेर जिवनमा कहिल्यै सोचेको थिईँन तर आज यहाँहरुलाई स्मरण गराउन बाध्य भएँ । त्यसैले सम्झना स्वरुप स्मरण गराउन चाहान्छु ।

    २०४९ देखि अहिले २०७९ सालसम्म दुई बिदेशी नागरिकसँग सहकार्य गरेर साकुमा फ्रेन्डसिप ट्रष्ट यूकेको नामबाट डोनरहरुको सहयोग संकलन गरेर मैले मेरो गाउँलाई अँध्यारोदेखि उज्यालोतिर लैजान सोलार टुकी र सोलार प्यानल, खुला दिशामुक्त क्षेत्र, शौचालय, विद्यालय भवन निर्माण, सिंचाई, स्वास्थ्यचौकीलाई औषधि, कम्प्युटर शिक्षा, अक्षयकोष स्थापना लगायत धेरथोर सामाजिक कार्यहरु गरिरहेको थिएँ ।

    त्यसताका मैले दुःखसुखका पाटाहरु धेरै खेपेको छु तर पनि मेरो जन्मभूमीलाई मैले यति गर्न पाउँदा म धेरै खुसी छु । त्यो बेलाको जमना धेरै दुःखको थियो । यातायातको सुबिधा थिएन । आएर नापजाप गरिदिने ईन्जिनियर थिएन । भर्लाको डोरीले दुरि नापेर अनि खानेपानीको पाईप काटेर हामी आफैले जोडेको याद छ ।

    ईन्जिनियर मेरै गाउँको स्थानीय दाजुभाईहरुलाई बनाएको याद छ । त्यो बेला अहिलेको जस्तो नेट ईन्टरनेटको जमना थिएन । त्यो बेला चिट्ठी लेखेर पठाउनु पर्थो । अनि एउटा फ्याक्स गर्नको लागि रु. ५०० तिर्नुपर्थो । गाईघाटबाट मान्छेले भारी बोकेर सामान ढुवानी गर्नुपर्थो ।

    त्यो बेला पनि मैले विभिन्न योजनाहरुमा मेरो गाउँले दाजुभाई तथा दिदिबहिनीहरुसँग केही श्रमदान गराएर धेरै साथ सहयोग लिएको छु । जीवनको दौडानमा मैले समाजको हितको लागि धेरै सामाजिक कामहरु गरेँ जस्तो त लाग्दैन तर मैले कहिले पनि सोचेकै थिइँन यसरी तपाईहरुमाझ सहयोगको अपिल राख्नुपर्छ होला भनेर ।

    तर, यो काँचो शरीर हो, जीवनको भोगाईहरुमा जे पनि हुँदोरहेछ । त्यसैले त आज म तपाईहरु समक्ष सहयोगको अपिल राख्दैछु । थाहा छैन जीवन कहाँ अनि कसरी गएर टुंगिन्छ तर आज तपाईहरुको मायाँ र सदभावले अझै बाँचेर आफ्नै गाउँको लागि बाँकी जीवन थप उर्जाका साथ सामाजिक कार्य गरेर बिताउनेछु । बिगतलाई फर्केर हेर्दा म र मेरो साथीहरूले गरेको सामाजिक कार्यहरुको सूची राख्न चाहन्छु । सम्झना स्वरुप एक पटक हेरेर सम्झनाको मालामा उनेर राखिदिनु होला ।

    साकुमा फ्रेन्डसीप ट्रष्ट (Sakuma friend ship trust) सञ्चालक Mr.Alain Thomas, Ms. jan stanton & Mr. chandra kumar rai सँग सहकार्य गरेर म चन्द्रकुमार राईले अहिलेसम्म गरेको २१ वटा सामाजिक कार्यहरु सम्झना स्वरुप प्रस्तुत गर्दछु । १०–०९–२०४९ मा साकुमामा खानेपानी, २–१–२०५१ मा चेकेथुममा खानेपानी योजना, ३०–४–२०५२ मा माकापुमा खानेपानी योजना, २६–७–२०५९ मा साकुमामा स्कुल निर्माण, २६–२–२०६१ मा साकुमा स्कुल प्लाष्टर, २१–१२–२०६२ साकुमा राछालुङ, बिसुन्तुङ सोलारटुकी बितरण, १२–४–२०६३ मा साकुमा गाउँमा शौचालय निर्माण, १३–५–२०६४ मा साकुमामै शौचालय निर्माण, ३०–२–२०६५ मा साकुमा स्कुललाई खेलकुद सामग्री बितरण, २०–७–२०६६ मा साकुमा सोलार प्यानल बितरण, २६–८–२०६६ मा साकुमा विद्यालयमा बुक पेन हस्तान्तरण र साकुमामा शौचालय, १८–९–२०६७ मा राछालुङ बिसुन्तुङमा शौचालय, १४–१२–२०६८ मा सुन्तले स्वास्थ्यचौकीमा शौचालय तथा दुई थान दराज, ४–११–२०७० मा सुन्तले स्वास्थ्यचौकीलाई औषधि उपलब्ध गराएको ।

    यस्तै, ४–११–२०७० सोलर प्यानल साकुमा, बिसुन्तुङ, राछालुङमा उपलब्ध गराएको, २२–४–२०७१ मा सुन्तले प्रावि माकापुलाई शौचालय उपलब्ध गराएको, १२–१–२०७२ मा चेकेथुम बिद्यालय प्लाष्टर, ३–३२–२०७५ मा ज्यू मावि सुन्तलेमा चार किलोवाटको सोलार प्यानल उपलब्ध गराएर जडान गरिएको, २५–४–२०७५ ज्यू माबिलाई १० थान कम्प्युटर हस्तान्तरण, सम्पुर्ण देश बिदेशमा रहनु भएका सुन्तलेबासी दाजुभाई तथा दिदिबहिनीहरुसँग हातेमालो गर्दै आर्थिक संकलन अभियान सुरु गरी ज्यू माविलाई करिब १२ लाखको अक्षयकोष स्थापना गरि हस्तान्तरण गरिएको, १२–८–२०७९ मा साकुमा मन्दिर कम्पाउण्ड निर्माण गरिएको ।

    अन्तमा तपाई हाम्रो जीवनमा कुन समय, कस्तो समस्या आइपर्छ । हिँड्दाहिड्दै निभ्न लागेको डाँडामाथिको घामझैं कहिले निभ्ने हो थाहै हुदैन रहेछ जीवन । बाँकी जीवन तपाईहरुकै मायाँ र सदभावमा बाँच्ने आधार खोजिरहेको चन्द्रकुमार राई । सहयोगका लागि सनराईज बैंक लिमिटेड, गाईघाट शाखा, खाता नम्बर ०५४०८२६१८१२०५००१, मोबाईल नम्बर ९८६३९११००९ । –केदार आले मगरको सहयोगमा

    सम्बन्धित समाचार