Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डिपिआर पास नहुँदै काम थाल्दा अस्पताल भवन निर्माण अलपत्र

    डिपिआर पास नहुँदै काम थाल्दा अस्पताल भवन निर्माण अलपत्र


    • शुक्रवार, माघ २७ २०७९

    • नेपाल वाइड


    डिपिआर पास नहुँदै काम थाल्दा अस्पताल भवन निर्माण अलपत्र
    डिपिआर पास नहुँदै काम थाल्दा अलपत्र अवस्थामा रहेको अस्पताल भवन ।

    खोटाङ, २७ माघ । मापदण्ड अनुसार डिपिआर नबनेका कारण खोटाङमा १० शैयाको पालिका स्तरिय अस्पतालको भवन निर्माणको काम अलपत्र परेको छ । प्लाटफम इन्जिनियरिङ कन्सल्टेन्सीले बनाएको डिपिआर नेपाल सरकारले दिएको मापदण्ड अनुसार नबनेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भेरीफाइ’ नगरेका कारण रावाबेँसी गाउँपालिका–२ खार्पामा निमार्णाधिन भवन निर्माणको काम ६ महिनादेखि अलपत्र परेको हो ।

    स्वास्थ्य भवन पुर्वाधारको डिजाईन तथा निर्माण सम्वन्धी मापदण्ड अनुसार डिपिआर नबनेको भन्दै मन्त्रालयले भुक्तानी रोकेपछि ठेकेदार कम्पनी महादेव खिम्ती अन्जान–रुजन जेभीले गत असारदेखि भवन निर्माणको काम बन्द गरेको हो ।

    महादेव खिम्ती अन्जान–रुजन जेभीले ७ करोड ५७ लाख ५१ हजार ६०२ रुपैयाँ (भ्याट सहित) मा ३७ महिनामा काम सक्ने गरी २०७८ असार २१ गते भवन निर्माणको सम्झौता गरेको थियो । डिपिआरमा अस्पतालको फोहोरमैला व्यवस्थापन, शव गृह, पार्किङ लगायतका संरचनाको डिजाइन नसमेटिएका कारण डिपिआर ‘एप्रोभ’ नभएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

    अस्पताल भवनको डिपिआर एप्रोभ नहुँदै तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र तत्कालिन गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले २०७७ मंसिर १५ गते अस्पतालको भवन शिलान्यास गर्नुभएको थियो ।

    मन्त्रालयले अस्पतालको डिपिआरमा टोपोग्राफिक सर्भे प्लान, डिटेल मास्टर प्लान, प्रोफाइल सेक्सन, डिटेल फ्लोर प्लान्स र इलेभेसन एण्ड सेक्सन्स अनिवार्य पेश गर्न गाउँपालिकालाई ‘फिडव्याक’ दिएको छ । डिपिआर निर्माणका क्रममा भएको त्रुटी सच्याएर अस्पताल भवनको कामलाई सुचारु गराउने प्रयास भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले बताए ।

    सम्बन्धित समाचार