बुधवार, माघ १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले कृषि सहकारी, कृषि फर्म र कृषक समुहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र कृषक समुहलाई ११ थान हाते ट्याकटर, ३ थान कम्बाईन मिल, १ थान कर्नसेलर, १ थान मल्टीक्रप थ्रेसर, २ थान कोदो चुट्ने थ्रेसर र २ थान च्याफकटर प्रदान गरेको हो ।
कृषि यान्त्रिकरण उपकरण वितरणका लागि चालु आर्थिक वर्ष विनियोजित २५ लाखमध्ये किसानको सहित १३ लाख २४ हजारको कृषि यान्त्रिकरण उपकरण खरिद गरेर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङका नासु ध्रुवकुमार कार्कीले बताए ।
दिक्तेलमा बुधबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले कृषि सहकारी, कृषि फर्म र कृषक समुहका प्रतिनिधि किसानलाई कृषि यान्त्रिकरण उपकरण हस्तान्तरण गरेका छन् । बाँकी रकमको कृषि उपकरण क्रमशः वितरण गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईको कार्यालयले जनाएको छ ।
कार्यालयले हाम्रा साना किसान सहकारी संस्थालाई दुई थान हाते ट्याक्टर, सूर्योद्धय कृषि सहकारी संस्था लिमिटेडलाई एक थान हाते ट्याक्टर, केउरेनी कृषक समुह, लफ्याङलाई एक थान हाते ट्याक्टर, सिर्जनशिल कृषक समुह, लफ्याङलाई एक थान हाते ट्याक्टर, शिवालय बहुउद्धेश्यीय कृषि तथा पशुफर्म, राजापानीलाई एक थान हाते ट्याक्टर, नवज्योती कृषक समुह, लफ्याङलाई एक थान हाते ट्याक्टर, आस्ना नमुना कृषि तथा पशु फर्म, दिक्तेललाई एक थान हाते ट्याक्टर, सम्पूर्ण बहुउद्धेश्यी कृषि तथा पशु फर्म, लफ्याङलाई एक थान हाते ट्याक्टर, निर्मला बहुउद्धेश्यीय कृषि तथा पशु फर्म, राजापानीलाई एक थान हाते ट्याक्टर, घिमिरे टनेल कृषि फर्म, खाल्लेलाई एक थान हाते ट्याक्टर र समावेसी कृषि तथा पशुपन्छी फर्म, नेर्पालाई एक थान हाते ट्याक्टर वितरण गरेको छ ।
यस्तै, सिर्जनशिल बाख्रा फर्म दोर्पाचिउरीडाँडालाई एक थान कम्बाईन मिल, सुजता बहुउद्धेश्यीय कृषि तथा पशु फर्म, निर्मलीडाँडालाई एक थान कम्बाईन मिल र एक थान च्याफकटर, रामपुर अर्गानिक कृषि फर्म, नेर्पालाई एक थान कम्बाईन मिल वितरण गरिएको छ ।
कोपिला कृषि तथा पशुपन्छी फर्म, नेर्पालाई एक थान मल्टिक्रप थ्रेसर, मालिमारे बहुउद्धेश्यीय कृषि तथा पशुपन्छी फर्म, बिजयखर्कलाई कोदो चुट्ने एक थान थ्रेसर, मनमायाँ बहुउद्धेश्यीय कृषि तथा पशु फर्म, बिजयखर्कलाई कोदो चुट्ने एक थान थ्रेसर, कविराज बहुउद्धेश्यीय कृषि तथा पशु फर्म, बिजयखर्कलाई एक थान कर्नसेलर र ट्याम्के सिद्धकाली बाख्रा फर्म, बाँझेच्यानडाँडालाई एक थान च्याफकटर प्रदान गरिएको छ ।



प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले कृषि सहकारी, कृषि फर्म र कृषक समुहलाई कृषि यान्त्रिकरण उपकरण वितरणकाक्रममा ।