Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मुआथाईमा खोटाङका बरुण घले गुरुङले रचे इतिहास

    मुआथाईमा खोटाङका बरुण घले गुरुङले रचे इतिहास


    • शनिवार, माघ ७ २०७९

    • नेपाल वाइड


    मुआथाईमा खोटाङका बरुण घले गुरुङले रचे इतिहास
    थाईल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा विजयी बरुण घले गुरुङ ।

    खोटाङ, ७ माघ । थाईल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा नेपालका बरुण घले गुरुङले इतिहास रचेका छन् । थाइल्याण्डको राजादम्नर्न स्टेडियममा शुक्रबार भएको प्रतियोगीतामा ५७ केजी तौल समुहमा थाइफाइटरलाई हराउँदै खोटाङका गुरुङले नेपालकातर्फबाट इतिहास रचेका हुन् ।

    गुरुङले बिश्वकै पहिलो मुआथाई स्टेडियम राजादम्नर्न स्टेडियममा विजयी हुने पहिलो नेपाली फाइटरको इतिहास बनाएका हुन् । इरावान मुआथाइ फाइट जिम, काठ्माडौंका प्रशिक्षक रहेका गुरुङले राजादम्नर्न स्टेडियममा पहिलो नेपाली विजेता फाइटर बन्न सफल भएपछि व्यवसायीक रुपमा मुआथाई खेल्ने अवसर खुलेको प्रतिक्रिया दिएका छन् ।

    खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । गुरुङले नेपालका विभिन्न प्रतियोगीतामा आफ्ना प्रतिष्पर्धीलाई छोटो समयमा नकआउट गरेको इतिहास बनाइसकेका छन् । थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ ।

    सम्बन्धित समाचार