Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    छत्र पुरीको अधयक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन

    छत्र पुरीको अधयक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन


    • आइतवार, पौष २४ २०७९

    • नेपाल वाइड


    छत्र पुरीको अधयक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन
    नेपाल दशनामी खोटाङ जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशन ।

    खोटाङ, पुस २४ । छत्र पुरीको अधयक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल दशनामी जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशनले आइतबार पुरीको अध्यक्षतामा सर्वसम्मत ९ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा प्रमोद कुमार गिरी, सचिवमा भक्त बहादुर गिरी, कोषाध्यक्षमा रत्न बहादुर पुरी चयन हुनुभएको हो । सदस्यहरुमा नम्रता गिरी, सविता गिरी, समसेर गिरी, कमल पुरी र ज्ञान बहादुर पुरी चयन हुनुभएको छ । हलेसीमा सम्पन्न तेस्रो अधिवेशनमा केन्द्रबाट केन्द्रीय अध्यक्ष रुद्र गिरि, महासचिव तुलसिराज गिरि लगायतको उपस्थिती रहेको थियो ।

    सोही कार्यक्रममा खोटाङ जिल्लामा दशनामीबाट निर्वाचित जनप्रतिनिधि हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरी, १० अर्खौलेका वडाध्यक्ष अर्जुन कुमार पुरीलाई सम्मान गरिएको छ ।

    यस्तै विभिन्न वडामा निर्वाचित वडा सदस्यहरु रत्न बहादुर पुरी, नन्दी केशर बन, कृष्ण कुमारी पुरी, र खगेन्द्र गिरीलाई सम्मान गरिएको समितिका निवर्तमान सचीव खगेन्द्र वनले जानकारी दिनुभयो ।

     

    सम्बन्धित समाचार