Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा सुधार

    खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा सुधार


    • शुक्रवार, पौष १५ २०७९

    • नेपाल वाइड


    खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा सुधार
    चिसापानीको घोर्लेमा लटरम्म फलेका सुन्तला । फायल तस्बिर : नेपालवाईड डटकम

    खोटाङ, १५ पुस । खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा बृद्धि भएको छ । विगतका तीन आर्थिक वर्ष लगातार सुन्तला उत्पादनमा ¥हास आएको जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा सुन्तला उत्पादनमा बृद्धि भएको हो । ७४२ हेक्टरमा आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ३३१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ७२५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

    राम्रो मौसम तथा रोगकिराको न्यून क्षतीले गर्दा हलेसी तुवाचुङ नगरपालिकाको सल्ले, हलेसी, बराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बु, याम्खामा बृद्धि सुन्तला उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

    सुन्तला उत्पादन बढ्दा किसान उत्साहित बनेका छन् । खोटाङको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढि वडामा व्यवसायीकरुपमा सुन्तला उत्पादन हुने गरेको छ ।

    गत वर्षको तुलनामा यस वर्ष दोब्बर आम्दानी भएको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसान श्याम राईले बताए । जिल्लामा उत्पादित सुन्तला ट्याक्टरमार्फत सबैभन्दा बढि उदयपुरको बेल्टार हुँदै ईटहरी, धरान, बिराटनगर लगायतका शहरमा पुग्ने गरेको छ ।

    सम्बन्धित समाचार