Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप व्याडमिन्टन प्रतियोगीता माघमा

    यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप व्याडमिन्टन प्रतियोगीता माघमा


    • सोमवार, पौष ११ २०७९

    • नेपाल वाइड


    यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप व्याडमिन्टन प्रतियोगीता माघमा
    नखिपोट युथ क्लव व्याडमिन्टन सर्कलले आयोजना गरेको पत्रकार सम्मेलन ।

    काठ्माडौं, ११ पुस । किरात समुदायको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा ललितपुर नखिपोटमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप व्याडमिन्टन प्रतियोगीताको तयारी गरिएको छ ।

    नेपालको ऐतिहासिक महत्व बोकेको किरात कालिन राजा यलम्बरको स्मृति र सम्मान गर्दै खेदकुदको प्रवद्र्धनका लागि नखिपोट युथ क्लव व्याडमिन्टन सर्कलको आयोजनामा आगामी माघ १ गतेदेखि ५ गतेसम्म प्रतियोगीता हुने भएको हो । नखिपोट युथ क्लव व्याडमिन्टन सर्कलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारीका बारेमा जानकारी दिएको हो ।

    प्रतियोगीताको मेन्स ओपन डबलमा प्रथमलाई ५० हजार, दोश्रोलाई २५ हजार र तेश्रो दुई टिमलाई १०/१० हजार प्रदान गरिने नखिपोट युथ क्लव व्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राईले बताए ।

    यस्तै, सुपर भेट्रान्स डवलतर्फ प्रथमलाई ३० हजार, दोश्रोलाई २० हजार र तेश्रो दुई टिमलाई १०/१० हजार, भेट्रान्स डवलमा प्रथमलाई ३५ हजार, दोश्रोलाई २० हजार र तेश्रो हुने दुई टिमलाई १०/१० हजार, मेडियम भेट्रान्स डवलमा प्रथमलाई ३५ हजार, दोश्रोलाई २० हजार र तेश्रो दुई टिमलाई १०/१० हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    महिला खुला (सिंगल)मा प्रथमलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रो दुई जनालाई १०/१० हजार, पुरुष (सिंगल)मा प्रथमलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रो हुनेलाई १०/१० हजार प्रदान गरिने नखिपोट युथ क्लव व्याडमिन्टन सर्कलले जनाएको छ ।

    प्रतियोगीता नखिपोट युथ क्लव व्याडमिन्टन सर्कलको हलमा आयोजना गरिने छ । २०७७ माघ १ गतेदेखि यलम्बर व्याडमिन्टन प्रतियोगीता सञ्चालन गर्दैआइरहेको सर्कलले यस वर्षदेखि यलम्बर राष्ट्रव्यापि भेट्रान्स च्याम्पियनसिप व्याडमिन्टन प्रतियोगीता गर्न लागेको हो ।

    किरात काल विना नेपालको इतिहास, राजनिती, भुगोल, सभ्यता र संस्कृति अपुरो हुनेहुनाले सो कुरालाई खेलकुदका माध्यमबाट नेपाली जनमानस तथा युवा पुस्तामा जानकारी गराउने उद्धेश्यका साथ किरात कालका प्रथम राजा यलम्बरको नाममा व्याडमिन्टन आयोजना गरिएको सर्कलका सचिव पदम थुलुङले बताए ।

    सम्बन्धित समाचार