Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हवाईजहाज ‘होल्ड’ हुँदा पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका पासाङले शुक्रबार शपथ लिदै

    हवाईजहाज ‘होल्ड’ हुँदा पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका पासाङले शुक्रबार शपथ लिदै


    • बिहिवार, पौष ७ २०७९

    • नेपाल वाइड


    हवाईजहाज ‘होल्ड’ हुँदा पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका पासाङले शुक्रबार शपथ लिदै
    प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ

    खोटाङ, ७ पुस । हवाईजहाज आकाशमा ‘होल्ड’ हुँदा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ बिहिबार पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका छन् ।

    भद्रपुरबाट हवाईजहाजमार्फत काठ्माडौं जानेक्रममा काठ्माडौं पुगेपछि आकाशमै ३८ मिनेट होेल्ड हुँदा प्रतिनिधिसभा सदस्य राई पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका हुन् ।

    बिराटनगरबाट फ्लाईट ढिला हुने भएपछि प्रतिनिधिसभा सदस्य राई काठमाडौं जानका लागि भद्रपुर पुगेका थिए । जहाज आकाशमै ट्राफिक जाममा पर्दा पद तथा गोपनीयताको शपथ लिन जानका लागि १० मिनेट ढिला भएको प्रतिनिधिसभा सदस्य राईले बताए ।

    बिहिबार छुटेका राई सहित अन्य प्रतिनिधिसभा सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने छन् । राई एमालेका उम्मेदवार बिशाल भट्टराईलाई पछि पार्दै खोटाङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राई प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री थिए । पद तथा गोपनीयताको शपथको अघिल्लो दिन उनले पदबाट राजीनामा दिएका थिए ।

    सम्बन्धित समाचार