Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मुटुको रोगी देउकुमारलाई उपचार खर्च सहयोग

    मुटुको रोगी देउकुमारलाई उपचार खर्च सहयोग


    • सोमवार, पौष ४ २०७९

    • नेपाल वाइड


    मुटुको रोगी देउकुमारलाई उपचार खर्च सहयोग
    समाजसेवी सन्तोष राईले अस्पतालमै पुगेर देउकुमारलाई रकम हस्तान्तरण गर्नुहुदै ।

    खोटाङ, ३ पुस । मुटु सम्वन्धी समस्याले ग्रसित खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाका २२ वर्षीय देउकुमार राईलाई उपचार सहयोग जुटेको छ ।

    हाल शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचार गराइरहेका देउकुमारका लागि चिसापानी घर भइ हाल यूके रहेका भूपु गल्लावाल समाजसेबी टंकबहादुर राईको पहलमा एक लाख १० हजार ९०० रुपैयाँ सहयोग जुटेको हो ।

    आफ्नै गाउँठाउँका युवालाई मुटुको समस्या भएपछि उपचारका लागि अस्पताल पुगेको खबर सुनेपछि भूपु गल्लावाल राईले आफु, आफ्नो आफन्त र अन्य सहयोगीबाट उपचार खर्च उठाएर पठाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए ।

    सिंगापुर प्रहरीबाट अवकाश लिएर केही दिनका लागि नेपाल आएका समाजसेवी सन्तोष राईले उक्त रकम अस्पतालमै पुगेर देउकुमारलाई हस्तान्तरण गरेका छन् । सानैदेखि मुटुको समस्याले पिडित देउकुमारलाई थप समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएको हो ।

    सम्बन्धित समाचार