Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चौतर्फी आलोचनापछि जिल्ला अस्पतालको एक्स–रे सेवा सुचारु

    चौतर्फी आलोचनापछि जिल्ला अस्पतालको एक्स–रे सेवा सुचारु


    • बुधवार, मंसिर २८ २०७९

    • नेपाल वाइड


    चौतर्फी आलोचनापछि जिल्ला अस्पतालको एक्स–रे सेवा सुचारु
    मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टोली जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिनुहुदै ।

    खोटाङ, २८ मंसिर । जिल्ला अस्पताल खोटाङले रेडियोग्राफरको अनुपस्थितिमा बन्द भएको एक्स–रे सेवा सुचारु गराएको छ । रेडियोलोजी शाखामा कार्यरत दुई जना रेडियोग्राफरको अनुपस्थितिमा आइतबारदेखि बन्द भएको एक्स–रे सेवा मंगलबार दिउँसो ३.३० बजेदेखि सुचारु गराएको हो । ओखलढुंगाबाट जनशक्ती झिकाएर एक्स–रे सेवा सुचारु गराइएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए ।

    दुई जना रेडियोग्राफरमध्ये एक जना बुवाको उपचारका सिलसिलामा भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले विदामा बसेपछि अस्पतालले २५ मंसिरदेखि २९ मंसिरसम्मका लागि एक्स–रे सेवा बन्द गरिएको सुचना जारी गरेको थियो । एक्स–रे सेवा बन्द भएसँगै चौतर्फी विरोध सुरु भएपछि जिल्ला अस्पतालले बैकल्पीक व्यवस्था गरेर एक्स–रे सेवा सुचारु गराएको हो ।

    जिल्ला अस्पतालको एक्स–रे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टोली सोधपुछका लागि जिल्ला अस्पताल पुगेका थिए ।

    जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्सरे हुने गरेको छ । जिल्ला अस्पतालको एक्स–रे सेवा बन्द भएपछि बिरामी अन्यत्र जान वाध्य भएका थिए । एक जना रेडियोग्राफर बुवाको उपचारमा भारत गएपछि १५/२० दिनदेखि एक्लै काम गर्दैआएका रेडियोग्राफर पनि विदामा बसेपछि एक्सरे बन्द हुनपुगेको थियो ।

    सम्बन्धित समाचार