Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    देउराली आवि च्यास्मीटारको मणिभ जयन्ती मनाइयो

    देउराली आवि च्यास्मीटारको मणिभ जयन्ती मनाइयो


    • बिहिवार, मंसिर १५ २०७९

    • नेपाल वाइड


    देउराली आवि च्यास्मीटारको मणिभ जयन्ती मनाइयो
    च्यास्मीटारस्थित देउराली आधारभुत विद्यालयको मणिभ जयन्तीका अबशरमा मेयर विमला राई, उपमेयर रमेश राउतलगायत ।

    खोटाङ, १५ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित देउराली आधारभुत विद्यालयको मणिभ जयन्ती मनाइएको छ । स्थापनाको १५ औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्दै बुधबार विद्यालयको मणिभ जयन्ती मनाइएको हो ।

    हाजिरी जवाफ प्रतियोगीता, विव्यास तथा शिक्षक अभिभावक संघका पुर्वअध्यक्षलाई सम्मान, विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत, साँस्कृतिक कार्यक्रम गर्दै दिवस मनाइएको प्रअ गोपाल बिश्वकर्माले बताए । ११ वडा रहेको नगरपालिकाका आधारभुत विद्यालयमध्ये देउराली आधारभुत विद्यालय वार्षिकोत्सव मनाउने पहिलो आधारभुत विद्यालय बनेको छ ।

    हाजिरी जवाफ प्रतियोगीतामा देउराली आधारभुत विद्यालयका मन्दिप राउत, मनिषा राउत र रमिला अधिकारीको समुह प्रथम, त्रिकन्य आधारभुत विद्यालयका प्रज्ञा राई, युनिका राई र लोकेस राईको समुह दोश्रो तथा च्यास्मीटार माबिका भावना राई, संगम राई र कुसुम राईको समुह तेश्रो भएका छन् । हाजिरी जवाफ प्रतियोगीतामा सात विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो ।

    2.jpg
    च्यास्मीटारस्थित देउराली आधारभुत विद्यालयको मणिभ जयन्तीका अबशरमा विद्यार्थीसँग उपश्थित अतिथिहरु ।

    कार्यक्रममा विव्यासका पुर्वअध्यक्ष चंखबहादुर राई, शम्भुकुमार खत्री र शिक्षक अभिभावक संघका पुर्वअध्यक्ष दुर्गबहादुर खत्री, पदमबहादुर अधिकारी र ज्ञानकुमार अधिकारीलाई सम्मान गरिएको छ ।

    प्रमुख अतिथिका रुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, विशेष अतिथिका रुपमा उपमेयर रमेश राउत, शिक्षा शाखा संयोजक पदम कार्की लगायतले हाजिरी जवाफ प्रतियोगीताका विजेतालाई पुरस्कार तथा विव्यास र शिक्षक अभिभावक संघका पुर्वअध्यक्षलाई सम्मान–पत्र प्रदान गरेका छन् ।

    हाल बैदेसिक रोजगारीमा रहेर विद्यालयलाई फर्निचर सहयोग गर्ने अभिभावक घनराज घिमिरेलाई धन्यवाद ज्ञापन गरिएको छ । कार्यक्रममा प्रअ बिश्वकर्माले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    वार्षिक प्रतिबेदनमार्फत प्रअ बिश्वकर्माले देउराली आविलाई नगरकै नमूना विद्यालय बनाउने संकल्प गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिलाई विद्यालयकातर्फबाट मायाँको चिनो प्रदान गरिएको छ । २०६४ सालमा स्थापना भएको विद्यालयमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन् ।

    3.jpg
    च्यास्मीटारस्थित देउराली आधारभुत विद्यालयको मणिभ जयन्तीका अबशरमा उपश्थित अतिथिहरु ।

    सम्बन्धित समाचार