सोमवार, कार्तिक २१ २०७९
नेपाल वाइड
खोटाङ, २१ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आयोजना गरिएको तीन दिने निःशुल्क आँखा जाँच शिबिरमा ६२ जनाको मोतिविन्दुको अपरेशन गरिएको छ । शनिबारदेखि सोमबारसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा कुल ७६५ जनाले आँखा जाँच गराएकामा एक वच्चासहित ७२ जनाको अपरेशन गरिएको हो ।
पहिलो चरणको कोभिड–१९ को महामारीअघि सञ्चालन गरिएको घरदैलो अभियान, वर्षदिनको अवधिमा दैनिक ओपिडि सेवा, बिश्व दृष्टि दिवसको अवसरमा गत असोजमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा आयोजना गरिएको आँखा उपचार शिबिर, केही समयअघि हलेसीमा आयोजना गरिएको ज्येष्ठ नागरिक आँखा जाँच तथा चश्मा वितरण शिबिर तथा शिबिरमा आएकामध्ये मोतिबिन्दु भएका बिरामीको पनि शल्यक्रीया गरिएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा आयोजना गरिएको शिबिरमा १४ जनाको माइनर अपरेशन गरिएको आयोजकले जनाएको छ । आँखा तथा कान उपचार केन्द्र हलेसीमा आयोजना गरिएको शिबिरमा आँखा जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ । आवश्यक पर्ने बिरामीलाई सुथप मूल्यमा चश्मा वितरण गरिएको छ ।
आँखा सम्वन्धी समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र, सहयोग समितिले संयुक्त रुपमा निःशुल्क आँखा जाँच शिबिर आयोजना गरेको हो । आँखाको गुमेको ज्योती पुःन फर्कदा वृद्धवृद्धा हर्षित भएका छन् ।
मोतिविन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो पलाएको, परेलाभित्र पसेको लगायतका समस्या झेलिरहेका सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
आँखा उपचार शिबिर हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका थिए । निःशुल्क आँखा जाँच शिबिरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट १४ जना शल्यक्रिया टोली हलेसी आएका थिए ।
आँखाको उपचारका लागि छिमेकी जिल्ला ओखलढुंगा, उदयपुर र सोलुखुम्बुबाट समेत बिरामी हलेसी पुगेकाको नेपाल नेत्र ज्योती संघले जनाएको छ । सेवा लिन आउनेमा अधिकांश लठ्ठी टेक्ने वृद्धवृद्धा देखिएका छन् ।