Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहमा सार्वजनिक विदा

    हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहमा सार्वजनिक विदा


    • शुक्रवार, कार्तिक १८ २०७९

    • नेपाल वाइड


    हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहमा सार्वजनिक विदा
    बराहपोखरी ।

    खोटाङ, १८ कात्तिक । हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहले सार्वजनिक विदा दिएको छ । हरिबोधनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिकस्थलहरुमा लाग्ने धार्मिक मेलाका लागि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र रावाबेँसी गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

    बराहपोखरी गाउँपालिका–१ बराहपोखरी शंखेश्वरस्थित बराहपोखरीमा हरिबोधनी एकादशी (तुलसी विवाह)का दिन र सोको अघिल्लो दिन तिर्थाटन र मेला भर्नका लागि बराहपोखरी गाउँपालिकाले बिहिबार र शुक्रबार सार्वजनिक विदा दिएको हो ।

    बराहपोखरी गाउँपालिकाले गत कात्तिक ३ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार हरिबोधनी एकादशीका लागि दुई दिन सार्वजनिक विदा दिएको जनाएको छ । बराहपोखरीमा जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

    बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गरेको छ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ ।

    हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन् । चिताएको पुग्ने बिश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ ।

    यस्तै, बराहपोखरी र होङमा पोखरीमा लाग्ने धार्मिक मेलाकै लागि जन्तेढुंगा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । बराहपोखरी पुगेर फर्किएका धामी तथा उनीहरुका आफन्तले समेत होङमा पोखरीमा पुजाआजा गर्ने गरेका छन् । होङमा पोखरी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा पर्छ ।

    दुधकोसी किनारमा लाग्ने हरिबोधनी एकादशी मेलाका लागि रावाबेँसी गाउँपालिकाले पनि विदा दिएको छ । रावाबेँसी गाउँपालिक–३ लामीडाँडामा पर्ने रभुवामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मान्ने गरिन्छ ।

    klkl.jpg

    होङमा पोखरी ।

    सम्बन्धित समाचार