Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्कको बादेलमा भाइरल फैलियो, १०३ जनाको उपचार

    ऐसेलुखर्कको बादेलमा भाइरल फैलियो, १०३ जनाको उपचार


    • आइतवार, आश्विन ३० २०७९

    • खेमराज पुरी


    ऐसेलुखर्कको बादेलमा भाइरल फैलियो, १०३ जनाको उपचार
    भाइरलका बिरामीको उपचार गर्दै स्वास्थ्यकर्मी र बिरामीलाई स्ट्रेचरमा राखेर उपचारलागि शिबिरमा लैजाँदै स्थानीय ।

    खोटाङ, ३० असोज । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बादेलमा भाइरल फैलिएको छ । दशैं अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरल फैलिएको हो । भाइरलले साविकको बाकाचोल–२ र ३ मा पर्ने बादेलका अधिकांश घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।

    भाइरलको बिरामी बढ्दै गएपछि शुक्रबार स्वास्थ्यचौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बादेलमा उपचार शिबिर सञ्चालन गरिएको छ । उपचार शिबिरमा १०३ जनाको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको छ ।

    गाउँभरी भाइरल फैलिएको खबर पाएकै भोलीपल्ट स्वास्थ्यकर्मी र औषधि लगेर उपचार शिबिरको आयोजना गरिएको वडाध्यक्ष तामाङले बताए । कतिपय सिकिस्त अवस्थाका बिरामीलाई आफन्तले स्ट्रेचरमा बोकेर उपचार शिबिरमा ल्याएका थिए ।

    अधिकांस बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको स्वास्थ्यचौकी बाकाचोलका प्रमुख एचए दीपेन्द्र मगरले बताए । तीन दिनभित्र समस्याको हल नभए प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कसँगको समन्वयमा थप स्वास्थ्यकर्मी र औषधि सहित थप उपचार शिबिर सञ्चालन गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार