Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा बढ्दै डेंगु संक्रमित

    खोटाङमा बढ्दै डेंगु संक्रमित


    • आइतवार, आश्विन २ २०७९

    • नेपाल वाइड


    खोटाङमा बढ्दै डेंगु संक्रमित
    जिल्ला अस्पताल खोटाङ ।

    खोटाङ, २ असोज । खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन् । गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पूष्टी भइसकेको जिल्ला अस्पतालले जनाएको छ । एकैदिन तीन/चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन् ।

    शनिबार मात्र चार जनालाई डेंगु पूष्टि भएको अस्पतालले जनाएको छ । कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन् । ३ वर्षदेखि ७९ वर्षसम्मका स्थानीय बिरामी डेंगुबाट संक्रमित भएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांश बिरामी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन् ।

    अस्पतालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ जनालाई, साकेला गाउँपालिकाका ३ जना, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका एक/एक जनालाई डेंगु पूष्टि भएको छ ।

    परिक्षणका क्रममा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २५ वर्षकी महिलालाई पनि डेंगु देखिएको छ । डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा. नितु लामाले बताईन् । सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रवन्ध मिलाइएको छ ।

    शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको छ ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३ वर्षकी बालिका, ५७ वर्षकी महिला, २२ वर्षकी महिला, ५ वर्षकी बालिका, ३८ वर्षका पुरुष, ३९ वर्षकी महिला र ४६ वर्षका पुरुषलाई डेंगु पूष्टि भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३ वर्षकी बालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ५१ वर्षकी महिला, ७ वर्षका बालक र ३१ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ खाल्लेका २२ वर्षका पुरुषलाई डेंगु भएको पुष्टी भएको छ ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका २२ वर्षका पुरुष र ४५ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ७ वर्षका बालकलाई डेंगु भएको छ ।

    जिल्ला अस्पतालका अनुसार साकेला गाउँपालिका–४ मात्तिमका ७९ वर्षका वृद्धा, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७ वर्षकी बालिका र ४ वर्षका बालकलाई डेंगु पूष्टी भएको छ ।

    ऐसेलुखर्क गाउँपालिका–१ का १२ वर्षका बालक, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ३८ वर्षकी महिला, केपिलासगढी गाउँपालिका–१ फेदीका ३४ वर्षका पुरुष र रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका ८ वर्षका बालकलाई डेंगु संक्रमण पूष्टि भइसकेको छ ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी २३ वर्षकी महिला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २२ वर्षकी महिलाई स्क्रवटाइफस भएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित समाचार