Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

    जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द


    • आइतवार, भाद्र २६ २०७९

    • नेपाल वाइड


    जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द
    जिल्ला अस्पताल खोटाङ ।

    खोटाङ, २६ भदौ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ । एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भएर उपचारमा बसेका कारण अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको हो ।

    आइतबार जिल्ला अस्पतालले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको जानकारी दिएको छ ।

    शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पतालमा एक एनेस्थेसिया सहायकको दरबन्दी छ । कार्यरत एनेस्थेसिया सहायकको दुर्घटनामा खुट्टा भाँचिएर उपचारमा बस्नु परेकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको जिल्ला अस्पतालले जनाएको छ ।

    सेवाग्राहीलाई जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको जानकारी दिँदै वैकल्पिक सेवाको व्यवस्थापनमा लाग्ने सचेतताका लागि सूचना जारी गरिएको हो ।

    तत्कालका लागि सट्टामा राख्ने जनशक्ती समेत नपाइने भएकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । इमरजेन्सीका बेला केही समय जिल्ला अस्पतालकै डाक्टरमार्फत एनेस्थेसियाको काम गराउने प्रयास भएको थियो तर अधिक जोखिम भएकाले सेवा नै बन्द गर्नुपरेको जनाइएको छ ।

    सम्बन्धित समाचार