मंगलवार, भाद्र २१ २०७९
नेपाल वाइड
खोटाङ, २१ भदौ । खोटाङका सितोरियो करातेका प्रशिक्षक एबं अर्न्तराष्ट्रिय रेफ्री बिचारी तामाङले नवौं राष्ट्रिय प्रतियोगीताको प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
मंगलबार जिल्ला खेलकुद विकास समिति खोटाङको दिक्तेल माटिकोरेस्थित कबर्डहलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै सितोरियो करातेका प्रशिक्षक एबं अर्न्तराष्ट्रिय रेफ्री तामाङले नवौं राष्ट्रिय प्रतियोगीताको प्रदेश र राष्ट्रिय प्रतिष्पर्धामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने सितोरियो करातेका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
कराते प्रशिक्षक एबं अर्न्तराष्ट्रिय रेफ्री तामाङले सितोरियो करातेतर्फको प्रदेश स्तरिय प्रतिष्पर्धामा प्रथम प्रथम स्थान प्राप्त गर्ने खेलाडीलाई जनही ५ हजार, दोश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ३ हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई २ हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
यस्तै, राष्ट्रिय प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने सितोरियो करातेका खेलाडीलाई जनही २५ हजार ५५५, दोश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई १५ हजार ५५५ र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ११ हजार १११ प्रदान गर्ने घोषणा गरेका छन् । सितोरियो कराते खेलाडीको मनोवल बढाउन र खेलक्षेत्रको प्रवर्द्धधनका लागि विजेतालाई व्यक्तिगत रुपमा पुरस्कार दिने घोषणा गरेको तामाङले बताए ।
नवौं राष्ट्रिय प्रतियोगीताका लागि प्रदेश स्तरिय प्रतियोगीतामा सितोरियो करातेतर्फ जिल्लाका २९ खेलाडी प्रतिष्पर्धा गर्दैछन् । प्रदेश स्तरिय प्रतियोगीता आगामी भदौ २४ गतेदेखि असोज ८ गतेसम्म पुर्वका विभिन्न जिल्लामा सञ्चालन हुँदैछन् ।
सितोरियो कराते प्रतिष्पर्धा भदौ ३० गतेदेखि असोज २ गतेसम्म धरानमा सञ्चालन गर्ने तयारी छ । राष्ट्रिय खेलकुद प्रतियोगीता भने पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन् ।
एसियन कराते महासंघले सन् २०१६ मा भारतको नयाँदिल्लीमा सञ्चालन गरेको अन्र्तराष्ट्रिय रेफ्री परिक्षामा तामाङले अन्र्तराष्ट्रिय रेफ्री परिक्षा उत्तिर्ण गरेका थिए ।
तामाङ जिल्ला खेलकुद विकास समिति खोटाङको करातेतर्फका प्राविधिक इन्चार्ज पनि हुन् । स्वयंसेवक प्रशिक्षकको भूमीका निर्वाह गर्दैआएका तामाङले २०५२ साल भदौमा राष्ट्रिय खेलकुद परिषदबाट स्थायी प्रशिक्षकको नियुक्ती पाएका थिए । प्रशिक्षकको २० वर्षे र २५ वर्षे सेवा पुरा गरेकामा तामाङले दिर्घसेवा पदक प्राप्त गरिसकेका छन् ।

