Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाठेघर सम्वन्धी समस्याले पीडित बनेकी राईलाई आर्थिक सहयोग

    पाठेघर सम्वन्धी समस्याले पीडित बनेकी राईलाई आर्थिक सहयोग


    • शनिवार, भाद्र ४ २०७९

    • नेपाल वाइड


    पाठेघर सम्वन्धी समस्याले पीडित बनेकी राईलाई आर्थिक सहयोग
    पेटमा मासुको डल्लो निस्किएपछि पीडित बनेकी राईलाई आर्थिक सहयोग प्रदान गर्दै कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टलगायत ।

    खोटाङ, ४ भदौ । शल्यक्रीयापछि पाठेघर सम्वन्धी समस्याले पीडित बनेकी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी चन्द्रकुमारी राईलाई आर्थिक सहयोग जुटेको छ ।

    करिब १८ वर्षअघि बच्चा जन्माउनका लागि शल्यक्रीया गरेको केही समयपछि पेटमा मासुको डल्लो निस्किएपछि पीडित बनेकी राईलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ३७ हजार १६५ रुपैयाँ सहयोग जुटेको हो ।

    स्वदेश तथा विदेशमा रहेका १९ जना शुभेच्छुक तथा सहयोगीबाट जुटेको रकम शनिबार बिष्टले समाजसेबी सरिता राई र कांग्रेसका जन्तेढुंगा गाउँपालिका सचिव शम्भु राईको उपस्थितिमा चन्द्रकुमारलाई हस्तान्तरण गरेका छन् ।

    शल्यक्रीयाको अशरले पेटमा मासु झुण्डिएको अवस्थामा दुख्न थालेपछि चन्द्रकुमारीलाई छरछिमेक तथा आफन्तको सहयोगमा किर्तीपुर अस्पताल लगिएको थियो । आफन्तकै सहयोगमा अप्रेसन गरेर उनको पेटमा झुण्डिएको मासु हटाइसकिएको छ ।

    आर्थिक समस्यका कारण उपचारमा समस्या झेलिरहेका चन्द्रकुमारीको सहयोगार्थ बिष्टले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेका थिए । थोरै–थोरै गर्दै चन्द्रकुमारीको पेटको मासुको डल्लो बढेर झुण्डिएको थियो । स्वास्थ्यकर्मीले उनलाई हर्निय भएको बताएको थियो ।

    सम्बन्धित समाचार