Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि


    • शनिवार, भाद्र ४ २०७९

    • नेपाल वाइड


    पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
    प्रतिकात्मक तस्बिर

    काठमाण्डौ, ४ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ३७ जनाको नमूना परीक्षण गर्दा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । पाँच सय ७७ जना निको भएका छन् । अहिले नेपालमा चार हजार ६ सय २५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ७० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसैबीच काठमाण्डौ उपत्यकामा हैजाको संक्रमण पुष्टि हुनेको संख्या ६१ जना पुगेको छ । हैजाको परीक्षण, नियन्त्रण र उपचारका लागि काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार