Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा भाइरलका बिरामी बढे, स्वास्थ्यकर्मी पनि बिरामी

    खोटाङमा भाइरलका बिरामी बढे, स्वास्थ्यकर्मी पनि बिरामी


    • मंगलवार, श्रावण ३१ २०७९

    • नेपाल वाइड


    खोटाङमा भाइरलका बिरामी बढे, स्वास्थ्यकर्मी पनि बिरामी
    जिल्ला अस्पतालमा उपचारमा आएका बिरामी । तस्बीरः दमन राई

    खोटाङ, ३१ साउन । जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामीको चाप बढेको छ । हप्ता दिन यता जिल्ला अस्पताल दिक्तेलमा अधिक ज्वरो आउने, टाउको दुख्ने, जोर्नी खाने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो ।

    जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार १६० जनाको हाराहारीमा बिरामी उपचारमा आउने गरेको जिल्ला अस्पताल खोटाङका डा. पुष्कल राईले बताए । अन्य दिन कम्तीमा सय जना बिरामी चेकजाँचमा आउने गरेका छन् ।

    चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई कोभिड–१९ को लक्षण देखिएको अस्पतालले जनाएको छ । भाइरलबाट स्वयं जिल्ला अस्पतालका स्वास्थ्यकर्मी ग्रसित छन् । भाइरलले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालमा अन्य बिरामीको उपचारमा समस्या भएको छ ।

    कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिने समस्याबाट स्वास्थ्यकर्मी बिरामी पर्न थालेपछि उपचारमा आएका अन्य बिरामी मारमा परेका हुन् ।

    सेवा प्रवाहलाई निरन्तरता दिनका लागि कतिपय स्वास्थ्यकर्मी औषधि सेवन गर्दै बिरामीको उपचारमा खटिइरहेका छन् । जिल्ला अस्पतालका ५८ जना स्वास्थ्यकर्मीमध्ये १४ जना स्वास्थ्यकर्मी बिरामी परेको जिल्ला अस्पतालका प्रशासन प्रमुख रबिन फुयाँलले बताए ।

    vcvcv.jpg
    जिल्ला अस्पतालमा उपचारमा आएका बिरामी । 

    सम्बन्धित समाचार