शुक्रवार, श्रावण २७ २०७९
नेपाल वाइड
खोटाङ, २७ साउन । खोटाङका साहित्यकार श्रीराम राईले दोश्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुःन मनमाबी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोश्रो गीत सार्वजनिक गरेका हुन् ।
राईको शव्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमाबी खोटाङकै नवउदीयमान गायीका हुन् ।
१० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालमा काठ्माण्डौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियासिल छन् ।
बिशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कहलिएका पात्र हुन् । उनका बाल कथा संग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् ।
नयाँ लघुकथा प्रकासोन्मुख रहेको राईले बताए । संयुक्त लघुकथा संग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँच वटा र ‘संयोग’ २०७९ मा उनका तीन वटा लघुकथा समावेश छन् । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य श्रीराम लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् ।
