Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    साकेलाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि

    साकेलाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि


    • शुक्रवार, श्रावण २७ २०७९

    • नेपाल वाइड


    साकेलाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि
    साकेला गाउँपालिका

    खोटाङ, २७ साउन । खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पुःन कोभिड–१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टीजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पूष्टि भएको हो ।

    दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्था बारे जानकारी लिनका लागि बिहिबार एन्टीजेन परिक्षण गर्दा संक्रमण पूष्टि भएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

    संक्रमितलाई होमआइसोलेसनमा राखिएको छ । कर्मचारीलाई संक्रमण देखिए पनि गाउँपालिकाको कार्यालयको सेवा भने रोकिएको छैन । सामाजिक दुरी कायम गरेर सेवा प्रवाहको व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए ।

    ‘कोभिड–१९ लागेको छ भनेर टेष्ट गरेको होईन । नागरिकसँग प्रत्यक्ष जोडिएका कर्मचारी र पदाधिकारीको स्वास्थ्य अवस्था बारेमा जानकारी दिएर स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गर्न टेष्ट गरिएको हो,’ अध्यक्ष राईले भने, ‘सेवा प्रदान गर्ने पक्ष सुरक्षित भए मात्र नागरिक सुरक्षित हुन्छ । प्राप्त नतिजाका आधारमा नागरिकलाई संक्रमणबाट जोगाउने थप सुरक्षा अपनाउने छौँ ।’ खोटाङमा पुःन कोभिड–१९ को संक्रमण फैलिन थालेको छ । तर अन्य स्थानीय तहले एन्टीजेन परीक्षणमा भने चासो दिएका छैनन् ।

    सम्बन्धित समाचार