शुक्रवार, श्रावण २७ २०७९
नेपाल वाइड
खोटाङ, २७ साउन । गाईजात्राको अवसरमा खोटाङका नेवार समुदायले शुक्रबार दिक्तेलबजारमा निकालेको लाखेजात्रा । गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि अष्ठमीसम्म आठ दिन मनाइन्छ ।
गाईजात्राको मुख्य दिन दिक्तेलबजारमा दिबंगत आफन्तको सम्झनामा मृतकको घरमा पुगेर आँगनमा तामाचा राखेर मृतकको योगदानका विषयमा चर्चा गर्दै जीवनीमा आधारित गीत गाउने प्रचलन छ ।
मृतककै सम्झनामा गणेश स्तुती एबं रामायण भजन गाउँदै बजार परिक्रमा परम्परा रहिआएको छ । गाईजात्रामा अगाडि लाखे नाचको टोली हुन्छ, त्यसको पछि–पछि रामायण भजन गाउने अर्को टोली हिँड्ने गरेका छन् ।
लाखे जात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाच हुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय सँस्कृति र परम्पराहरुको नक्कल गर्दै मुकुण्डोधारी लाखे सहित सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।
लाखे नाच अर्थात गाईजात्रा, हिलेजात्रा मनाउनेक्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडेजात्रा लगायतका जात्रा देखाउँदै मनोरञ्जन गर्ने प्रचलन छ ।


