Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाली गजल प्रतियोगितामा खोटाङका विक्रम चेतनशील राई दोश्रो

    नेपाली गजल प्रतियोगितामा खोटाङका विक्रम चेतनशील राई दोश्रो


    • बुधवार, श्रावण २५ २०७९

    • नेपाल वाइड


    नेपाली गजल प्रतियोगितामा खोटाङका विक्रम चेतनशील राई दोश्रो
    गजलकार बिक्रम चेतनशील राई ।

    खोटाङ, २५ साउन । राष्ट्रिय युवा परिषदले आयोजना गरेको नेपाली गजल प्रतियोगितामा खोटाङका विक्रम चेतनशील राईले दोश्रो स्थान प्राप्त गरेका छन् ।

    अनाम मण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चसँगको सहकार्यमा आयोजना गरिएको नेपाली गजल प्रतियोगितामा २४१ रचना मध्येबाट राईको ‘हलो र देश चलाउनेको तह समान लेख्नुपर्छ, अव गजलमा लहलहाउँदो किसान लेख्नुपर्छ’ बोलको गजलले दोश्रो स्थान प्राप्त गरेको हो ।

    बुधबार काठमाडौं प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गजल बाचनसहित प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा स्थायी ठेगाना भएका राईले ३० हजार सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

    उनको २०७४ सालमा खस नेपाली, अंग्रेजी, चाम्लिङ राई र किरात लिपिमा प्रकाशित ‘तुवाचुङ’ नामक गजल संग्रह प्रकाशित छ ।प्रतियोगीतामा डोटीका समीर ओझा प्रथम, कास्कीका संयोग बस्याल तृतीय र झापाकी सरु आचार्य शान्त्वना भएका छन् ।

    उनीहरूलाई क्रमशः ४०, २० र १० हजार रुपैयाँसहित प्रमाण–पत्र प्रदान गरिने राष्ट्रिय युवा परिषदले जनाएको छ । पुरस्कार शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट वितरण गर्ने आयोजकको तयारी छ ।

    प्रतियोगिताका लागि प्राप्त २४१ वटा रचनामध्ये ७१ वटा दोहोरिएका/मापदण्डभित्र नपरेका र बाँकी १७० वटाबाट ३० प्रतिशत हुनेगरी ५१ वटा रचना बाचनका लागि छनोट गरिएको कार्यक्रमका संयोजक घनेन्द्र ओझाले जानकारी दिए ।

    सम्बन्धित समाचार